काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ संतुगलमा ग.१ ख ८५७४ नम्बरको बसले बा.प्र.०२-०३४ प १२४२ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-७ घर भएकी ४८ वर्षीया मेनुका ईटानीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।