काठमाडौं। नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०–९१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन, पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गर्नुभएको हो ।
प्रमुख सचेत लेखकद्वार जारी व्हिपमा भनिएको छ, ‘‘मिति २०८० असार १३ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० (आ.व. २०८०–८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोज विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिएको छ ।’’
असार १३ गते बुधबार बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।