मुम्बई– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको ऐतिहासिक भ्रमण पुरा गरेर स्वदेश फर्किसकेका छन् । यद्यपि, उनको भ्रमणको चर्चा भने अझै कम भएको छैन ।
मोदीको यसपटकको अमेरिका भ्रमणलाई विश्वका अधिकांश देशले अर्थपूर्ण रुपमा हेरे । अमेरिका भ्रमणकै क्रममा मोदीलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि साउथ एशियाको एउटा ग्रुपले सांगीतिक प्रस्तुतिमार्फत स्वागत गरेको थियो ।