काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई पत्रिका नपढ्न रूलिङ गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका बेला नेपाली कांग्रेसका सांसद सशांक कोइरालाले पत्रिका पढ्न थालेपछि सभामुखले रूलिङ गरेका हुन्।
सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठलाई बोल्न रोकेरै रूलिङ गरे। ‘माननीय सदस्यहरूलाई म प्रतिनिधि सभा नियमावली २०७९ नियम २० को खण्ड ञ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन अनुरो गर्छु।’