शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘किसानलाई मल अभाव हुँदैन’: प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे।

सांसदहरूले राष्ट्रिय गौरवका आयोजना, विद्युत् व्यापार, सीमा सुरक्षालगायत विषयमा पनि प्रश्न सोधे। सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले पालैपालो दिए।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले किसानले उत्पादन गरेका दुध, तरकारी, फलफूल तथा खाद्यान्नको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नुपर्ने, अर्कातिर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाबारे प्रश्न गरे। दाहालले कृषिउपजको बजार प्रणालीमा कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजनपूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताए। ‘दुध उत्पादक कृषकले पाउने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकलाई ७० रूपैयाँ प्रतिक्विन्टलका हिसाबले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,’ उनले भने।

जनमत पार्टीका सांसद अब्दुल खानले पैसा तिरेर पनि सरकारले मल समयमै किन्न नसक्नुको कारण सोधे। जवाफमा दाहालले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको दाबी गरे। ‘२०७९ साउनदेखि हालसम्म २ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यसमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोमा मौज्दात छ। भारतको कोलकाताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रिँदैछ। धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुन्न,’ उनले भने, ‘सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्बको स्रोत सुनिश्चित गरिएको छ।’ मलको आयात संघीय मन्त्रालयले गरेर वितरणमा प्रदेश तथा स्थानीय तहलाई परिचालन गरिएको उनले बताए।

एमाले सांसद अच्यूतप्रसाद मैनालीले राष्ट्रिय गौरवका आयोजना सञ्चालनबारे सरकारको दृष्टिकोण जान्न चाहे। प्रधानमन्त्री दाहालले सरकारले सबै राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गरेको बताए।

राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेटको व्यवस्था हुने उनले बताए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आगामी आवमा ‘साइट क्लिरियन्स’ गर्नेतर्फ सरकारले ध्यान दिने बताए। रेलसेवा सञ्चालन गर्नेबारे सरकार सकारात्मक रहेको पनि उनले बताए। साथै राष्ट्रिय गौरवका आयोजना तथा अन्य प्राथमिकता प्राप्त आयोजनाका लागि जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको दाहालको भनाइ थियो।

कांग्रेसका अजयकुमार चौरसियाले मधेस प्रदेशमा सबैभन्दा कम बजेट जानुको कारणबोर प्रश्न गरेपछि जवाफमा दाहालले मधेसमा कम बजेट विनियोजन भएको भन्नेमा सत्यता नभएको बताए। संघीयताको मर्मबमोजिम नै बजेट विनियोजन गरिएको उनको जिकिर थियो। कांग्रेस सांसद अञ्जनी श्रेष्ठले ‘शून्य समय, विशेष समय र आकस्मिक समयमा उठाइएका जनतासँग सरोकार भएका प्रश्नको उत्तर कहिल्यै नआएको गुनासो गरिन्। प्रधानमन्त्री दाहालले सदनमा उठाइएका प्रश्नमा सरकार संवेदनशील भई तिनको जवाफ नियमित रूपमा दिइरहेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपालीले १० हजार मेगावाट बिजुली कुनकुन आयोजनाबाट कुन दरमा भारतले खरिद गर्न खोजेको भन्ने प्रश्न गरिन्। जवाफमा दाहालले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले गर्नुभएको छ। भारतसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भ्रमणकै दौरानमा भइसकेको छ।’

कांग्रेस सांसद अम्बिका बस्नेतले शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको गोकर्णेश्वर क्षेत्रमा बसोबास गर्ने नागरिकका आफन्त शुल्क तिरेर मात्र आउन पाउने र सोही निकुञ्जभित्र पर्ने टोखा–छहरे हुँदै नुवाकोट जाँदा अभिलेखीकरण मात्रै गरे पुग्ने हुँदा एउटै निकुञ्जभित्र विभेदकारी नियम किन लागु भइरहेको भनी प्रश्न गरिन्। प्रधानमन्त्री दाहालले सो पालिकाका जनप्रतिनिधिले आवाज उठाएको र यो समस्याको समाधानका लागि सरकारले पहल गरिसकेको बताए। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

३ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

६ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

जापानमा पहिरोको जोखिम बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक