उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँको, श्रीमान्, दुई छोरा र दुई छोरी हुनुहुन्छ । दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुनुहुन्छ । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । रासस