शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा बनेको हो : प्रधानमन्त्री दाहाल

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थिति बीच सरकारलार्इ दाबी

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले यस्तो मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।

कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभूषण पाठकसँग भने-‘यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।’ उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । ‘हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

उनले उपेन्द्र यादवको अनिच्छाका कारण बाबुराम भट्टराई तत्काल मोर्चामा सहभागी नभएको जानकारी दिए । ‘बाबुरामजी र हामी पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिह्नबाट लड्ने अनि पार्टी पनि एउटै बनाउने, नेकपा समाजवादी केन्द्रमा जाने भन्ने सैद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको हो । अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन । त्यसकारण, मोर्चाका कतिपय साथीहरुले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्‍यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो,’ उनले भने ।

उपेन्द्र यादवबाट भर्खरै बाहिरिएकाले बाबुराम भट्टराईलाई असहज भएको उनले उल्लेख गरे । ‘अब, भर्खरै उहाँ जनता समाजवादी पार्टीबाट अलग हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने । उनले विचार मिल्नेहरुको एकताको बारेमा अहिले कांग्रेस नेताहरुले पनि आग्रह गरेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले हालै गरेको भारत भ्रमणका विषयमा उठेका प्रश्न, बजेटमा निश्चित जिल्लाहरुमा मात्र बजेट विनियोजन गरेको, भारत भ्रमणको केही घण्टाअघि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको लगायतका विषयमा स्पष्ट गरेका छन् । उनले भारत भ्रमणका क्रममा नेपालीको शीर उँचो राख्ने गरी काम गरेर आएको र अब निकट भविष्यमा चीन र अमेरिकाको भ्रमण गर्नेसम्म जानकारी दिए ।

उनले एमसीसी परियोजनाका काम अघि बढ्ने, रेशम चौधरीलाई आममाफी दिनेदेखि सत्त्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी काम पनि अब अघि बढ्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल कति समय हुन्छ भन्नेमा स्पष्ट भनेनन् तर सहमतिअनुसार आफू अघि बढ्ने बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती नपाउने

राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने

१८ मिनेट अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

१ मिनेट अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

५ मिनेट अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

५ मिनेट अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

८ मिनेट अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

१० मिनेट अगाडि
राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती नपाउने

राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने

१८ मिनेट अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist