आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा : सहअध्यक्ष श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा : सहअध्यक्ष श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भए पनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको उनको भनाइ छ।

केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भए पनि अचानक घोषणा हुनुले आश्चर्य लागेको उनले बताए।

‘हामीलाई थाहा नै छैन। विगतमा यो विषयमा छलफल चलेको हो। यो बीचमा हामीसँग खासै उहाँहरुले सम्पर्क गर्नुभएन। चारवटा दलहरुकाबीचमा गृहकार्य चलिराखेको छ भन्ने खालको अनौपचारिक तवरबाट हामीले खबरहरु प्राप्त गरी नै राखेका थियौं। र पछिल्लोचोटी अब मोर्चा घोषणा नै हुन्छ भन्नेखालको बजार हल्ला भइसकेपछि म आफू स्वयंले पनि डा बाबुराम भट्टराईलाई के हो त यो हाम्रो आफ्नो कन्सर्न पनि जनताको बीचमा हामीले त राख्नुपर्छ,’ उनले भने, ‘त्यसो हुनाले एकचोटी प्रधानमन्त्रीज्युसँग भेट्दा राम्रो होला भनेर मैले नि सुझाव गरेको थिएँ। उहाँले पनि त्यो कोसिस गरिराख्नुभएको रहेछ।’

सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए। उनले साचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टी पनि त्यसमा सहभागी हुने बताए।

सत्ता समीकरणका लागि अंक गणितिय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चाबारे सोच्नुपर्ने बताए। यद्यपि, समाजवादी मोर्चालाई अहिले नै शंका गर्नु नहुने उनको भनाइ छ। उनले सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने बताए।

‘हामीले दुई वर्ष अगाडि नै नेपालमा एउटा समाजवादी मोर्चा आवश्यक छ भनेर त्यसको आवश्यकता र औचित्यमाथि सार्वजनिक रुपमा नै बहस प्रारम्भ गरेका थियौं। त्यो बहस यहाँसम्म आइपुग्दाखेरी अहिले समाजवादी मोर्चा जसरी निर्माण भएको छ, त्यो बहसले सार्थकता पायो या त्यो बहस कतै डिरेल भयो भन्ने ढंगको दुईवटा प्रश्नहरु अगाडि आएको देखिन्छ,’ उनले भने, ‘हिजो जुन समाजवादी मोर्चा घोषणा भएको छ, त्यो समाजवादी मोर्चा हाम्रो नेपालको संविधानको प्रस्तावनामा नेपाल समाजवादउन्मुख रहने भन्ने जुन लेखिएको छ। नेपाललाई समाजवादी बनाउनको निम्ति त्यो मोर्चा कामयावि हुन्छ कि या अहिलेकै सत्ता समिकरणमा त्यो मोर्चा रुमल्लिन्छ, यो हामीले अलिकति प्रतिक्षा गर्नुछ।’

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए। उनले राजनीतिक अजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे।

उनले नेकपा९माओवादी केन्द्र०सँग नेसपाको एकता प्रक्रिया अगाडि बढिसकेको पनि बताए। नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उनले बताए।

यो पनि पढ्नुहोस्

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

३ घण्टा अगाडि
त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक