काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ देखि कार्यान्वयनमा आउनेगरी सोह्रौं योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजनाबारे विज्ञहरुको राय लिन थालेको छ ।
१६ औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल गर्ने योजना बनाएको छ । आज बुधबार दिउँसो एक होटलमा आयोगले पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिनुभयो ।
प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमा विषयविज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिनेछ । यो छलफल कार्यक्रम शुक्रबारसम्म नियमित चल्ने उहाँको भनाइ छ । गोरखापत्र अनलाइन