शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

व्यावसायिक कृषिमा आकर्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
व्यावसायिक कृषिमा आकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुर । भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको  स्थानीय किसान सिर्जना बास्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उहाँको भनाइ छ । “स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय हाटबजारसँगै भोजपुर बजार जाने गरेको छ ।”

वडा कार्यालयले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उहाँको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बास्तोलाले बताउनुभयो । “खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।”

वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ । भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ छ ।

“आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ । व्यावसायिकरूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।”

सीमित बजेटमा पनि यहाँको आवश्यकता पूर्वाधार विकासमा योजनाबद्धरूपमा काम गरिरहेको उहाँको भनाइ छ । कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो ।

वडाको बजेटबाहेक अन्य सङ्घसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर पनि किसानलाई प्रोत्साहन गर्दै आएको उहाँको भनाइ छ । “वडामा आउने बजेट थोरै हुन्छ”, उहाँले भन्नुभयो, “यसले सबैको भावना समेट्न गाह्रो हुन्छ । अन्य निकायसँग हारगुहार गरेर पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ ।”

यहाँ क्षेत्र उत्पादनका लागि उपयुक्तभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा सदस्य नवीन श्रेष्ठले बताउनुभयो । कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । “हामी जनप्रतिनिधिले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “वडाको आवश्यकताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ । यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ ।”

तरकारी  खेतीको लागि प्लास्टिक पोखरी, प्लास्टिक टनेल वितरणसँगै उन्नत जातको बीउबिजन पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र रसाइलीले बताउनुभयो । पानीको अभावमा खेती गर्न समस्या भए पनि वडाको सहयोगमा सामूहिक प्लास्टिक पोखरी निर्माण भए पनि सिँचाइको समस्या नरहेको उहाँको भनाइ छ ।

सुक्खाग्रस्त क्षेत्र भए पनि प्लास्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीको  भनाइ छ । “हामीलाई तरकारीसँगै नगदेबालीको लागि सिँचाइको समस्या छैन”, किसान रसाइलीले भन्नुभयो, “विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो । वडाको बजेटमा सामूहिक प्लास्टिक टनेल निर्माण गरेका छौँ । त्यहीँबाट आवश्यकरूपमा सिँचाइ गछौँ ।” रासस

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक