मुम्बइ । भारतीय चलचित्र ‘आदिपुरुष’ विवादित बनेपछि दोस्रो दिन नै कमाइमा ठूलो गिरावट आएको छ। पहिलो दिन विश्वव्यापी रुपमा कमाइ १४० करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो दिन १०० करोड मात्रै कमाएको छ।
दोस्रो दिन पनि अग्रिम बुकिङका कारण धेरै कलेक्सन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अग्रिम बुकिङका कारण उक्त चलचित्रले पहिलो दिन विभिन्न रेकर्ड बनाएको थियो। नेपालका साथै भारतमा समेत संवादका कारण उक्त चलचित्रमाथि विवाद भइरहेको छ। चलचित्रको सामाजिक सञ्जालमा भइरहेको विरोधले कलेक्सनमा असर परेपछि निर्माता तथा लेखकले माफी मागेका छन्। केही संवाद सच्याउने प्रतिबद्धता जनाएका छन्।
नेपालको काठमाडौंमा सोमबारदेखि उक्त फिल्मका साथै भारतीय चलचित्र चल्न नदिने मेयर बालेन शाहको घोषणा छ। निर्माताले पत्र लेखेर उनीसँग माफी मागेका छन्। सीता भारतकी छोरी भएको देखाउने आफ्नो नियत नरहेको उल्लेख गर्दै कलात्मक दृष्टिबाट हेरिदिन अनुरोध गरेका छन्।


