काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ ।
यसैगरी, बैठकमा सांसद दामोदर भण्डारीले “विनियोजन विधेयक, २०८० अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्य सूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।