शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामै राखेर मुद्दाको अनुसन्धान अघि नबढाउने हो भने अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउन कठिन हुने जिकिर गरेका छन् ।

थुनछेक बहसमा जवाफी जिकिर गर्दै सरकारी वकिल र जाहेरवालाहरुका कानून व्यवसायीहरुले पीडित असुरक्षित बन्ने र प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग गरे ।

सहन्यायाधिवक्ता एवं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले प्रमाण नष्ट भएका उदाहरणहरु पेश गर्दै आरोपितहरुलाई धरौटीमा छाड्न नहुने बताए । ‘टोपबहादुर रायमाझीले आफू पक्राउ हुने निश्चित भएपछि मोाबाइल नै फाल्नुभयो, त्यसले कयौ प्रमाण नष्ट भयो । बालकृष्ण खाँणले सचिवले पठाएको कागज च्यातेर प्रमाण नष्ट गर्न खोज्नुभयो । योभन्दा अर्को उदाहरण के चाहियो रु’ उनले भने, ‘राज्यलाई नै असफल बनाउन खोज्ने यो अपराधलाई सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन । आरोपितहरु थुनिनुपर्ने अवस्थामा छन् ।’

उनले भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानलाई उद्धृत गर्दै ‘राज्यका उच्चपदस्थ व्यक्तिहरुको संलग्नता र उपस्थितिमा घटना भएका’ले पनि आरोपितहरुलाई धरौटीमा छाड्न नमिल्ने बताए । आरोपितहरुले के काम गरे, कसरी ती काम गरे र त्यसबाट के असर पर्यो भन्नेबारे समग्रतामा हेर्नुपर्ने भन्दै उनले थपे, ‘ठगी र दुई व्यक्तिहरुले लेनदेन सम्झेर यस्तो गम्भिर सवाललाई हल्का विषय भन्न मिल्दैन ।’

अधिवक्ता स्वागत नेपालले नेताहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतको संलग्नता र योजनामा यो काम भएको भन्दै आरोपितहरुलाई छाड्दा जाहेरीकर्ताहरुको ज्यानमाथि नै असुरक्षा हुने दावी गरे । उनले भने, ‘कतिपय व्यक्तिहरु जाहेरी दिन डराएर बसेका छन्, ‘उनीहरुमाथि न्यायका लागि पनि आरोपितहरु थुनामा रहनुपर्छ ।’

बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले आफ्नै सहपाठी बालकृष्ण खाँणविरुद्ध बहस गर्न आउँदा दुःख लागेको बताए । उनले भने, ‘यो अपराध रोकेर उहाँले आफ्नो चरित्र उचो बनाउनुपर्ने थियो, तर उल्टो गर्नुभयो । राज्यको आवरणमा हुने आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ ।’

सरकारी वकिलहरु निर्मला मरासिनी, महेश खत्री, लक्ष्मण घिमिरे लगायतले संगठित अपराधको नयाँ उदाहरणको रुपमा यो मुद्दालाई अघि सार्दै यस्तो अवस्थामा प्रत्यक्ष प्रमाण भेटिन निकै चुनौती हुने बताए । उनीहरुले अहिले भेटिएको प्रमाणले नै घटनाको पुष्टि गर्ने यथेष्ट आधार रहेको भन्दै आरोपितहरुलाई थुनामा राख्न माग गरे ।

सरकारी वकिल र जाहेरीवालाहरुको समेत जवाफ सुनिसकेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आफू उठेको संकेत गरे । इजलासमा रहेकाहरुलाई भने, ‘अब केही समय पर्खनुपर्ला ।’

त्यसपछि उनी आफ्ना सहयोगीहरुलाई बोलाएर चेम्बर९न्यायाधीशको कार्यकक्ष०तिर लागे । आदेश नआउञ्जेल आरोपितहरुलाई प्रहरीको सुरक्षा घेरामा इजलासमा नै राखिनेछ । केही घण्टामा इजलासले आदेश सुनाउनेछ ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१६ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक