शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन जिल्लामा विद्युत आपूर्ति सहज हुँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
तीन जिल्लामा विद्युत आपूर्ति सहज हुँदै

रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा । तस्बिर : रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका –१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सब-स्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सब-स्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।

गर्ज्याङ–नयाँ खिम्ती एक सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रूपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको सब-स्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सब-स्टेसनमा ३० एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, छ/आठ एभिए क्षमताको एउटा पावर ट्रान्सफर्मरहरू राखिएका छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि सब-स्टेसनबाट ३३ केभीका पाँच र ११ केभीका तीनवटा फिडर लाइन निकालिएका छन् ।

कूल ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । त्यस्तै, ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।

दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सब-स्टेसन निर्माण गरेको थियो । उक्त सब-स्टेसनमा स्थानीयस्तरका लागि विद्युत आपूर्ति गर्ने कुनै व्यवस्था नभएपछि नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभीको सब-स्टेसन पूर्वाधार बनाएको हो । कूल १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सब-स्टेसनबाट स्थानीयस्तरमा विद्युत आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सब-स्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत जोडिएका छन् ।

उक्त आयोजनाहरूबाट नयाँ खिम्ती सब-स्टेसनमा प्रवाह भएको विद्युतलाई १३२/३३ केभी सब-स्टेसनमार्फत ३३ र ११ केभीमा झारेर स्थानीय रूपमा आपूर्ति गरिएको छ । बाँकी विद्युतलाई दुई सय २० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र एक सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सब-स्टेसनतर्फ प्रवाह गरिएको छ ।

कूल एक सय ३२/३३/११ केभी सब-स्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहीँबाट विद्युत आपूर्ति दिइएको छ । रामेछापको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिकाअन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सब-स्टेसनबाट विद्युत आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सब-स्टेसबाट विद्युत आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सब-स्टेसनबाट विद्युत आपूर्ति दिइने छ ।

नयाँ खिम्ती सब-स्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायत जिल्लामा विद्युत पर्याप्त, भरपर्दो र गुणस्तरीयरुपमा वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार नयाँ खिम्ती सब-स्टेसनमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत सिन्धुपाल्चोकको लामोसाँघू हुँदै काठमाडौं र धनुषाको ढल्केवरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुँदै आएको थियो ।

“नयाँ खिम्तीमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि पूर्वाधार नहुँदा, जिल्लाभित्रै ठुलो सब-स्टेसन भएर पनि स्थानीय उपभोक्ताले विद्युत आपूर्ति नपाउँदा भरपर्दो र गुणस्तरीय विद्युत उपभोगबाट वञ्चित थिए”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

नयाँ खिम्तीबाट दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युतलाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो ।

“लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरू समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउने छन्”, उहाँले भन्नुभयो ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जङ्गलैजङ्गलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घटेसँगै त्यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताउनुभयो ।

सिन्धुलीको खुर्कोटस्थित सब-स्टेसनसम्म नयाँ खिम्ती सब-स्टेसनबाटै विद्युत आपूर्ति दिइने छ । खुर्कोट सब-स्टेसनबाट विद्युत आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाको विद्युत आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सब-स्टेसनमार्फत आएको लाइनबाट विद्युत आपूर्ति हुँदै आएको छ ।

नयाँ खिम्तीमा १३२/३३ केभीको सब-स्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको उक्त सब-स्टेसनको लागत करिब रु ८० करोड रहेको छ । रासस

यो पनि पढ्नुहोस्

३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक