शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषिलार्इ उत्पादनमा अनुदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषिलार्इ उत्पादनमा अनुदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेकोजनाउनुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उहाँले यस्तो जनाउनुभएको हो।

उहाँले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको जनाउनुभयो। अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गर्नुभयो।

उहाँले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको जनाउनुभयो। उहाँले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने जनाउनुभयो। उहाँले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महंगो हुने भन्दै स्थानीय उत्पादनलाई महंगो नबनाउने बताउनुभयो। अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ता पुग्ने भएकाले त्यहाँ कर लगाएको जनाउनुभयो। उहाँले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको जनाउनुभयो। उहाँले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको जनाउनुभयो।

उहाँले भन्नुभयो, ‘जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो। कृषिलगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो। यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महंगो बनाउँछ। स्थानीय उत्पादनलाई महंगो बनाउँदैन। सुपर मार्केटमा त्यही खालका उपभोक्ता पुग्ने गर्छन्। अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ। त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं । त्यसले रोजगारी पनि सिर्जना हुन्छ। उत्पादनकर्ता पनि उत्साहित हुन्छन्। नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो। प्रोत्साहन गर्ने धेरै उपाय छन्। त्यसमध्ये एउटा कर लगाउनु पनि एउटा उपाय हो। अरु उपाय थिएनन्। सरकारले कृषि क्षेत्रमा दिने अर्बौंंको अनुदानको सदुपयोग भएन। दुरुपयोग भयो। कागज देखाएर मात्रै अनुदान लिएका थिए। अब त्यसरी हुँदैन। उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ प्रविधिको प्रयोग गरिरहेको छ। उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ।’’

उहाँले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृर्षकलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने जनाउनुभयो। उहाँले नेपाली किसानले ढुक्क भएर उत्पादन बढाउन आग्रह गर्नुभयो।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक