काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबार सुरु भएको तीनदिने हिसान एडु फेयर काठमाडौं महानगरपालिकाले रोकिदिएको छ।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको प्रहरी टोलीले भृकुटीमण्डपमा जारी रहेको एडु फेयर बन्द गराएको हो।
महानगरको टोली बिहीबार दिउँसो पुगेर एडु फेयर बन्द गराएको हो।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेले कक्षा १२ को नतिजा नै नआई गरिने यस्ता मेलाहरुले बालबालिका र तिनका अभिभावकमा नकारात्मक प्रभाव पर्ने भन्दै एडु फेयर बन्द गराइएको बताए।