धनुषा । मिथिला बिहारी नगरपालिका-७ तारापट्टी बजारस्थित सोही नगरपालिका-६ बस्ने रामबाबु साहको आर्जु वस्त्रालय कपडा र जुत्ता पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा कपडा, जुत्ता, चप्पल र घर समेत गरी करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।