काठमाडौं । अष्ट्रेलियाको प्रतिपक्षी दल लिबरल पार्टीका सांसद डेभिड भानलाई पार्टीले सदनबाट निलम्बन गरेको छ ।
स्वतन्त्र सांसद लिडिआ आल्मा थोर्पेलाई अभद्र व्यवहार गरेको, असिस्ट टिप्पणी गरेको र जबर्जस्त स्पर्स गरेको आरोप भानलाई बुधबार लागेको थियो ।
बिहीबार लिडिया थोर्पेले सदनमा एक भावुक सम्बोधन गर्दै अष्ट्रेलियाको सदन महिलालाई असुरक्षित भएको बताएकी थिइन् ।
लिबरल पार्टीका नेता पिटर डोटनले आरोपित सांसद सदन नआउने भन्दै निलम्बनको जानकारी दिएका थिए । १५१ सदस्य अष्ट्रेलियाको सदनमा लिबरल पार्टीका २७ सांसद छन् ।
दुर्व्यवहारमा परेकी स्वतन्त्र सांसद सन २०२० मा भिक्टोरियाबाट निर्वाचित लिदिआ आल्मा थोर्पे उक्त राज्य कि प्रथम आदिवासी सांसद हुन् ।