शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

पोखरामा भारतीय पर्यटकका लागि गन्तव्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पोखरामा भारतीय पर्यटकका लागि गन्तव्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की। अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ।

भारतीय पर्यटक यतिखेर पोखरा आउने क्रम बढेको छ। कोरोनापछि भित्रिएका भारतीय पर्यटकको लर्कोले पर्यटन व्यवसायीलाई आशा पलाएको छ। पश्चिमाञ्चाल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकको चहलपहलले उत्साह थपेको जनाउनुभयो।

“यतिखेर भारतमा बढी गर्मी हुँदा भारतीय पर्यटक नेपाल आउने गर्छन्।” उहाँले भन्नुभयो, “गर्मी छल्नका लागि एक महिना असारसम्म भारतीय पर्यटक पोखरामा रहने छन्।” उहाँका अनुसार अहिले भारतीय पर्यटकले गर्दा २५ प्रतिशतभन्दा बढी अकुपेन्सी हुँदै आएको छ। उहाँले हरेक वर्ष गर्दै आएको ‘चलिए पोखरा’ कार्यक्रमलाई यो पटक निरन्तरता दिने बताउनुभयो। उहाँले भन्नुभयो, “चलिए पोखरा कार्यक्रम जति सक्दो चाँडो गर्दै छौँ। भारतीय बजारमा पुगेर बोर्डर सिटी प्रवर्धनको तयारीमा छौँ।”

भारतको विहारबाट आएका धेरै पर्यटक पोखरामा भेटिन्छन्। सडकमा छ्यापछ्याप्ती भारतीय सवारीसाधन गुडिरहेको छ। पोखराको लेक साइड, तालवाराही मन्दिर, पामे, पाताले छाँगो, गुप्तेश्वर महादेव गुफा, सराङकोट, विश्व शान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको  मूर्तिलगायत पोखरा आसपासका गन्तव्य भारतीय पर्यटकले भरिभराउ छ।

पोखरा घुम्न आएका अधिकांश पर्यटक पर्वत, कुस्मा, बेनी हुँदै मुक्तिनाथसम्म पनि उक्लिरहेका छन्। चीन सरकारले लगाएको भ्रमण प्रतिबन्ध हटेसँगै छिटफुट चिनियाँ पर्यटक भित्रिरहेका छन्। पोखरामा चिनियाँ पर्यटकको सङ्ख्या पनि छिटफुट देखिन थालेको सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो “असारमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभल’ का लागि पनि चाइनिज पर्यटक बढी आउने अनुमान छ।” बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जनाउनुभयो।

फेस्टिभलको अवसर पारेर चार्टर उडानमार्फत पोखरा ओर्लेका चिनियाँ पाहुनालाई यहाँका होटलका कोठामा ५० र रेस्टुरेन्टमा १५ प्रतिशत छुट दिने तयारी रहेको पनि परिषद् उहाँले जानकारी दिनुभयो। डुङ्गा चढेर तालबाराहीको दर्शन गर्नेको सङ्ख्या पनि बढेको डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले जनाउनुभयो। उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन राम्रो छ। गु्रप गु्रपमा आउने गर्नुहुन्छ। यहाँ सञ्चालित आठ वटा घाटबाट दैनिक रूपमा तीन सयको हाराहारीमा भारतीय पर्यटक वाराही मन्दिर दर्शन गर्न जाने अनुमान गरेका छौँ।”

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक