मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेर दुई हजार २०.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ६.५२ अङ्कले उकालो लागेर ३७९.८७ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से १.७२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.७५ प्रतिशतले उकालो लागेको छ । लगातार छ दिनदेखि उकालो लागिरहेको नेप्से मङ्गलबारसम्म १२० अङ्कले उकालो लागिसकेको छ ।