शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छात्रवृत्ति विवरण नबुझाउने एक सय विद्यालयलाई लिखित स्पष्टीकरण सोध्ने तयारी, अटेर गरे सम्बन्धन खारेजी गरिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कामपाकाे बजेट विनियोजन गरिएका शीर्षक विवरण सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित सयवटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो ।

महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले विवरण बुझाएका छैनन्’ –कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने।

उनका अनुसार ३ सय ४२ मध्ये एक सयले विवरण बुझाएका छैनन् । विवरण नबुझाउने विद्यालयमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘पहिलो चरणमा छात्रवृत्ति विवरण नबुझाउने तपाइँको विद्यालयलाई किन कारबाही नगर्ने बेहोराको पत्र बुझाउनेछौं, चित्तबुझ्दो उत्तर नआएमा सम्बन्धन खारेजी प्रक्रियामा जानेछौं’ –विभाग प्रमुख कोइरालाले भने ।

यसअघि १ सय७२ विद्यालयले मात्र विवरण पेस गरेका छन् । कामपा शिक्षा विभागले सबै संस्थागत विद्यालयले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस गर्ने गरी सूचना जारी गरेको थियो । कामपाले चालु शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पढ्न रोक नलगाउने बताउँदै विवरण नबुझाउने विद्यालयलाई आउँदो शैक्षिक सत्रमा सम्बन्धन खारेज गर्ने जनाएको छ ।

भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झन्डै ७० प्रतिशत विद्यालयले विवरण पेस गरेका छैनन् । प्याब्सन महानगर कमिटीका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले अधिकांश विद्यालयले विवरण पेस गरेको बताए ।

संस्थागत विद्यालय शाखा प्रमुख मोती खनालले केही विद्यालयले व्यक्तिगत इमेलमार्फत विवरण पेस गरेको र कतिपयले दोहो¥याएर विवरण दिएको बताए। कामपाले वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । सो अवधिभित्र कामपाको शिक्षा विभाग वा इमेलमा विवरण नपठाएका विद्यालयको नाम सार्वजनिक गरेको हो ।

कामपाले आगामी शैक्षिक सत्रबाट कुल विद्यार्थीको ५ प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम महानगर शिक्षा कोषमा जम्मा गर्नुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

एसईई नतिजा यसरी हेर्न सकिन्छ नतिजा !

एसएलसीई कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने

७ दिन अगाडि
कक्षा १२ को परीक्षा फल छिटो सार्वजनिक हुनु शैक्षिक सुधार

कक्षा १२ को परीक्षा फल छिटो सार्वजनिक हुनु शैक्षिक सुधार

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

विदेशी मुद्राको विनिमयदर निर्धारण

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक