काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि प्रभु लाइभ इन्स्योरेन्स कम्पनीकी सञ्चालकसमेत रहेकी शिक्षालाई अध्यक्षमा चयन गरेको हो ।
३२ वर्षीया शिक्षा जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष बन्नसमेत सफल भएकी छिन् । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । देवीप्रकाश भट्टचन प्रतिनिधिसभा सदस्य हुन् । सफल व्यवसायीका रुपमा परिचित देवीप्रकाश भट्टचनलाई अर्थतन्त्रका संवाहकका रुपमा लिने गरिन्छ । झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका उनले आर्थिक क्षेत्र राम्रोसँग बुझेका छन् ।
यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका छन् । साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचनसहित श्यामकृष्ण श्रेष्ठ, सुशान शेरचनन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।
प्रभु लाइफ र महालक्ष्मी लाइफले नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति समेत पाइसकेका छन् । यी दुई लाइफ इन्स्योरेन्सले असार अन्तिम सातामा एकीकृत कारोबार शुभारम्भ गर्ने गरी तयारीलाई तिब्रता दिएका छन् ।