काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस सुरु भएको छ ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी खाँणको पक्षबाट आज २५ जना वकिलहरुले बहस गर्नेछन् ।
सोही प्रकरणमा खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ । हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो ।