काठमाडौँ / ताँजाकोट गाउँपालिकाकी सुनौलो हजार दिनका आमाहरूलाई कुुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको छ। ती आमा तथा नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले कुखुरा र बीउ वितरण गरेको हो।
गाउँपालिकाका पाँच वटै वडाका सुनौलो हजार दिनका ११० जना आमालाई कुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए।
नेपाल सरकारको बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आमाहरुलाई वितरण गरिएको हो। एक कार्यक्रम आयोजना गरी सुनौलो हजार दिनका सबै आमालाई कुखुुरा र बीउ वितरण गरिएको हो।
आमा तथा शिशुुलाई कुपोषणबाट जोगाउनका लागि कुखुुरा र बीउ वितरण गर्नुपरेको उनले बताए। आमालाई एउटा कुुखुुरा र ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको हो। अब आमाले बारीमा तरकारी फलाउनुपर्ने छ भने कुखुरा पालेर अण्डा प्रयोग गर्न सक्नेछन्।
यसबाट आमा तथा शिशुुको पोषणमा सुधार आउने विश्वास गाउँपालिकाले गरेको छ। गाउँपालिकाको कृषि तथा पशुु शाखाले खरिद गरेर आमालाई वितरण गरेको हो।