“पूर्वी चिनियाँ सहर नानजिङले पहिलो पटक दक्षिण एसियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको छ,” चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ । यो मार्ग प्रत्येक बुधबार, बिहीबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने तालिका छ भने यसबाट वार्षिक दुई हजार आठ सयभन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ ।
“नानजिङको वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति शृङ्खलाको साथ ठुलो मात्रामा टेक्सटाइल उद्योग छ । यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकहरू बीच लोकप्रिय छन् र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमहरूलाई उनीहरूको वस्तुहरू निर्यात गर्नका लागि पहुँच प्रदान गर्दछ,” चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनले भन्नुभयो । रासस/सिन्ह्वा