बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहुमुखी प्रतिभाका धनि ‘अमर’ को अनौठो माया सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बहुमुखी प्रतिभाका धनि ‘अमर’ को अनौठो माया सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति माननीय श्री अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र एस. एस. पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उपन्यास सार्वजनिक गर्नुभएको हो ।

२०७४ सालबाट निरन्तर साहित्य र कला क्षेत्रका पुस्तक एल्बम लगायत साहित्यकार अमरका कृतिहरू ओएसनेपालले प्रकाशन गर्दै आइरहेको र अझ मौका मिलेको खण्डमा उहाँको कृतिहरू अझै प्रकाशन गर्दै जाने ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनु भयो । अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो ।

नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताउनु भयो । कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उहाँले बताउनुभयो । उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसक्नु भएको छ ।लेखनका साथसाथै उहाँ चित्रकारिता, गायन पनि उतिकै ससक्त हुनु हुन्छ । उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर एकतीसभन्दा बढी कृति प्रकाशन भैसकेको छ भने यो उपन्यास उहाँको ३२ औं कृति हो ।

उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण छन् । पढेपछि छोड्नै मन हुदैन अन्त कसरी हुन्छ अब के होला भन्ने जिज्ञासा हुँदा हुँदै उपन्यासको अन्त हुन्छ । जसलाई मैले लेखकको सुन्दर कल्पना शक्ति र सो कल्पनालाई मूर्त रूप दिन सक्ने अनुभवी लेखन सिल्पिकै उपज मानेको छु । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई सुन्दर सृजनाको लागि शंकर भारतीले शुभकामना एवं हार्दिक बधाई दिनु भयो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

२ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक