एजेन्सी । म्यानचेस्टर सिटीले अन्तत आफ्नो क्लब इतिहासमा पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। सिटीले इन्टरमिलानलाई फाइनलमा १-० ले पराजित गर्दे म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको हो।
शनिबार राति इस्तानबुलमा भएको फाइनलमा सिटीले इटालियन प्रतिद्वन्दी विरुद्ध गरेको एकमात्र गोल निर्णायक बन्दा सिजनमा ‘ट्रेबल’ जित्न सिटी सफल बन्यो। सिटीले प्रिमियर लिग पछि म्यान यूलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार रोड्रिगोको ६८ औ मिनेटको गोलसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल रह्यो।
खेलमा सिटीले आफ्ना स्टार खेलाडी केभिन डि ब्रुएनालाई पहिलो हाफमानै इन्जुरीका कारण गुमाएपनि दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो। उनले बार्सिलोनामा २ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
च्याम्पियन सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो तर इस्तानबुलमा मध्यरातमा सिटीले कीरेतिमान बनाएको हो। सिटी विरुद्ध खेलमा फर्कन इन्टरले अनेकन प्रयास गरेपनि सफल भएन्। खेलको अन्ततिर सब्सटिच्युट खेलाडी रोमेलु लुकाकुले सानदार मौका बनाएपनि गोल गर्न सकेनन्।
ग्वार्डिओलाले यसअघि ००९ र २०११ मा बार्सिलोनामा रहँदा च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनी सिटीको ‘आइकोनिक फिगर’ को रुपमा स्थापित भएका छन्। ग्वार्डिओलाको करिअरमा भने यो बार्सिलोनापछि दोस्रो ‘ट्रेबल’ उपाधि हो। सन् २००८ मा अबुधाबी युनाइटेड ग्रुपले स्वामित्व किनेयता सिटी पहिलो युरोपेली सफलताका लागि सबैभन्दा ब्यग्र प्रतिक्षाको औपचारिक अन्त गर्न समेत सफल भयो। सिटी पछिल्लो समय इंग्लिस फुटबलमा सबैभन्दा ठूलो शक्ति बनेको प्रमाणित समेत गरेको छ।
सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जितेपनि च्याम्पियन्स लिगको भोक भने अन्त गर्न सकेको थिएन। तर अन्तत सिटीले आफ्नो उपाधि अभियानको औपचारिक अन्त गरेको छ।