शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा नाम नै परिवर्तन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा नाम नै परिवर्तन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगन्ज, । इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन युरिया मल नेपाली गोदामसम्म आइपुग्दा मल उत्पादन मुलुकको इरान हटाएर ओमान राखिएको पाइएको हो ।

आतंकवादी क्रियाकलाप र सम्पत्ति शुद्धीकरण निवारण तथा आमविनाशकारी हतियारमा हुने वित्तीय लगानी रोकथाम गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा ‘एफएटीएफ’ले उत्तर कोरिया, म्यानमार र इरानलाई कालोसूचीमा राखेको छ । ती मुलुकका सामग्री नेपाल ल्याउनु वैधानिक मानिँदैन । मलको कारोबार गर्ने गिरोहसँगको मिलेमतो यसपालि इरानमा बनेको मलको बोरामा ओमानको नाम लेखेर ल्याइएको हो । यसरी मल ल्याउँदा राष्ट्र बैंकले भुक्तानी नरोकोस् भनेर त्यसो गरिएको खुलेको छ ।

नेपालका लागि आईपीएलले खरिद गरेको सो युरिया मल इरानबाट २३ र २७ वैशाखमा २७ हजार ४ सय ५८ टन बोकेको फर्चुन जहाज त्यहाँको अब्बासस्थित बन्दरगाहबाट छुटेको कागज सुरक्षित छ । मलमा भएको अवैध आर्थिक चलखेलबारे सरकारले भने केही नसुनेको सांसद ज्वालाकुमारी साह बताउँछिन् । आयातकर्ता र नेपाल सरकारको समेत मिलेमतोमा आईपीएलले नेपालका लागि प्रतिबन्धित मुलुक इरानबाट सस्तोमा मल खरिद गरेको पहिले नै सार्वजनिक भइसकेको हो ।

साल्ट ट्रेडिङले खरिद गरेको सो मल अहिले इरानबाट कोलकाता हुँदै बन्द अवस्थामा रहेको वीरगन्जस्थित नेसनल टे«डिङको गोदाममा भण्डारण गरिएको छ । त्यहाँ मलको फोटो खिच्न दिइँदैन । बोरा गणना गर्न बसेका नेपाली भाषा नबुझ्ने कर्मचारीले गोदाममा पुगेका सञ्चारकर्मीलाई क्यामेरा खोल्न पनि दिँदैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका बेला साढे ७ अर्ब रकम साल्ट ट्रेडिङलाई उपलब्ध गराएको कुरा सांसद साहले सदनमै उठाएकी थिइन् । नीतिगत आधारमा ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषि मन्त्रालयले उपलब्ध गराउनुपर्ने रकम र जीटुजी प्रक्रियाबाट मल खरिद गरिनुपर्ने कुराको समेत उल्लंघन भएको भेटिएको छ ।

मल खरिदका लागि एक महिना लामो आफ्नो प्रक्रिया छोट्याई साल्ट ट्रेडिङले समेत हतारमा ११ दिनको अवधि कायम गरेको तथ्य भेटिएको छ । राजधानी दैनिकबाट

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

३ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

६ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

विदेशी मुद्राको विनिमयदर निर्धारण

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक