ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाउने भएकाे छ ।
देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने भएकाे छ । कलाकार बिभुसन ताम्राकारको नेतृत्वमा उक्त आकृति कुंदने काम गरिने जानकारी गराए ।
उक्त कला प्रस्तुतीमा कलाकारहरु विभूषण ताम्राकार, बिकास शाक्य, राजन महर्जन , बिपुल प्रजापति, गौरव रत्न बज्रचार्य र रिकेश प्रजापतिले आफ्नो कला प्रस्तुत गर्दैहुनुहुन्छ । हालसम्म मकर गोही, हात्तीको टाउको, लाटोकोसेरो र गिद्धको टाउको बनाइंदैछ भने अरु विभिन्न आकृति कुंदने काम जारी रहेको छ ।
त्यहाँ काठको आकारअनुसार कुन पशुपन्छीया जनावर बनाउन सकिन्छ सोही अनुसार बनाउने गरिएको छ । आफ्नो व्यापार ब्यबसाय सबै छोडी बिना पारिश्रमिक सेवाको भावनाले सबै कलाकारहरु लागिरहनुभएको छ ।