शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेयर कारोबार रकम २ अर्ब नजिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ । बजेटपछि प्राकृतिक व्यक्तिले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम हुने कि नहुने भन्ने विषयले सेयर बजार नै तरंगित भयो ।

बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको गिरावट भएको नेप्से त्यसपछि सम्हालिएर बढ्न लागेको छ । गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो । मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ ।

मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२० सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ ।

यस्तै ३१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले वृद्धि हुँदा सनराइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ९.२४ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ८.७५ प्रतिशतले वृद्धि भएको छ । यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५७ प्रतिशतले गिरावट हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य २.४५ प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य २ प्रतिशतले गिरावट भएको छ । यस्तै सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ३.०४ प्रतिशतले गिरावट भएको हो ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक