आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बुंगमति खोइँचामा पुरातात्विक महत्वको शिलाअभिलेख फेला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बुंगमति खोइँचामा पुरातात्विक महत्वको शिलाअभिलेख फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। ललितपुर महानगरपालिका वडा–२२  बुंगमतिस्थित खोइँचा बस्तीमा पुरातात्विक महत्वको शिलाअभिलेख भेटिएको छ।

बुंगमतिबाट करिब एक किलोमिटर दक्षिणपश्चिमतर्फ ४२ घरधुरी रहेको उक्त बस्ती बोसी समुदायको हो। बोसी रातो मत्स्यन्द्रनाथको रथ निर्माण लागि रूख तथा काठ चिरान गर्ने समुदाय हुन्। स्थानीय अनिल तुलाधरले बस्तीभित्र महाँकाल मन्दिरको पर्खालमा शिलाअिभलेख भेट्टाएका हुन्।

पेशाले ‘आर्किटेक्ट’ रहेका उनी  साँस्कृतिक अध्येतासमेत हुन्। “घरदैलो कार्यक्रमका लागि गत वर्ष यस बस्तीमा आएको थिएँ। सोही क्रममा यस अभिलेखमा ध्यान गएको थियो,” तुलाधर भन्छन्, “गत हप्ता  फेरि आएर खोज गर्दा अभिलेख लिच्छविकालीन हुनसक्ने मलाई मलाई  लाग्यो।” लिच्छविकालीन अभिलेखमा हुने धर्मचक्र अभिलेखमा प्रस्ट भएको र लिच्छविकालीन लिपिका अक्षरसमेत रहेका आधारमा उक्त समयको अभिलेख हुन सक्ने तुलाधरको अनुमान छ। साथै, लिच्छविकालीन अभिलेखको ढुंगाको प्रकार र आकारसँग पनि मिल्ने तुलाधरको तर्क छ।

 

अभिलेख खण्डमा रहेका कारण अभिलेखको भाग पनि हुनसक्ने उनी बताउँछन्। यद्दपि, अभिलेख खास पहिचान गर्न सकिने अवस्थामा छैन। मुख्य भागका अक्षर छैनन्। भेटिएको अभिलेखको मध्य भागसम्म नै पत्रपत्र निस्किएर खुइलिएको छ। तल्लो कुनामा पढ्न सकिने खालका सात लाइनका केही अक्षर रहेको छ। अन्तिम अक्षरले लिच्छविकालीन लिपिअन्तर्गतको ‘२’ अंक  जनाउने तुलाधरको दाबी छ। शिलाअभिलेख शतप्रतिशत लिच्छविकालीन प्रमाणित भएमा बुंगमतिमा  लिच्छविकालीन चार वटा शिलाअभिलेख हुने उनले बताए।

लिपि विज्ञ श्यामसुन्दर राजवंशी पनि तुलाधरको तर्कसँग सहमत छन्। अभिलेखको प्रकृति र आकृतिका आधारमा अभिलेख लिच्छविकालीन भएको उनको भनाइ छ। उक्त शिलाअभिलेखको शुरूमा रहेको धर्मचक्र लिच्छविकालीन अभिलेखमा हुने गरेको राजवंशीले बताए। यधपि केही अक्षर थप अध्ययन नभएसम्म थप भन्न नसकिने उनको भनाइ छ।

मन्दिरको पर्खालमा प्रयोग गरिएको अभिलेखलाई स्थानीयले सरस्वतीका रूपमा पूजा गर्ने गरेका छन्। उक्त अभिलेख ४० वर्षअघि नजिकैको झाडीमा फालिएको अवस्थामा भेटिएको स्थानीय मंगलकृष्ण श्रेष्ठ बताउँछन्।

“हामीलाई अभिलेख नै भन्ने त ज्ञान भएन तर, केही पक्कै होला भन्ने लागेको थियो,” उनी भन्छन्, “०७२ सालको भुकम्पसम्म पनि अभिलेखका अक्षर पढ्न सकिने अवस्था  थियो। अहिले जस्तो थिएन। हामीलाई यो यति महत्त्वपूर्ण भन्ने थाहा नै भएन।”

दसैँको नवमीका दिन रातो मत्स्येन्द्रनाथको चन्द्र हात खड्ग बुंगमतिबाट पानेजुद्वार खाइँचामा लगेर एक रात राख्ने चलन छ।

दशमीका दिन महाँकाल परिसरमा पूजा, बली दिई उक्त खड्ग बुङमति लगेपछि मात्र मनकामना जात्रा शुरू हुने भएकाले खोइँचा बुङमतिको महत्त्वपूर्ण बस्तीका रूपमा रहेको छ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

५ मिनेट अगाडि
फूल–माला बिक्री वितरणमा रोक

फूल–माला बिक्री वितरणमा रोक

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

एनपीएलमा आज एक खेल मात्र हुँदै

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक