काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘ग्लोबल आइएमईए बैंक डिबेञ्चर २०८४।८५’ नामक ऋणपत्र ‘जिबिआइएलडी ८४.८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १००० रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।
५ वर्षे अवधि तथा ११.२५ प्रतिशत वार्षिक ब्याजदर भएको उक्त ऋणपत्र सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।