सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बहुमुखी प्रतिभाका धनि महाकवि गिरिजा प्रसाद जोशी !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बहुमुखी प्रतिभाका धनि महाकवि गिरिजा प्रसाद जोशी !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—प्रकाशमान श्रेष्ठ

महाकवि गिरिजा प्रसाद जोशीको जन्म ज्योतिषी परिवारमा विक्रम सम्वत वि.सं. १९९४ साल चैत्र ४ गते शुक्रवारका दिन आमा खड्गकुमारी जोशी र बुवा देवप्रसाद जोशीको कान्छा सुपुत्रको रुपमा साँखु घुलाटोलमा जन्मनु भएको थियो । बाल्यकालमै गिरिजा प्रसादले आफ्नै घरमा बुवा कै सहयोगमा संस्कृत र नेपाली अध्ययन गर्नु भयो । संस्कृत भाषाको सरस्वतीको श्लोकलाई आफ्नै मातृभाषा नेपालभाषामा उल्था गर्ने वहाँको बानी देखेर नेपालभाषामा सरस्वति बन्दना सुनेर साथी भाईहरु समेत दंग पर्दथ्यो ।
मातृभाषामा कविता लेखेर लय राखेर गित पनि गाउने, नाच्ने शौक बाल्य— कालमै भएको थियो भने धार्मिक, एैतिहासिक तथा सांस्कृतिक नगर शंखरापुरको चाडबाड, मेला, पर्वको धेरै प्रभाव परेको थियो । त्यसकारण गिरिजा प्रसादले आफ्नो दौतरी साथीभाईसंगै गाईजात्रा पर्वमा आफै गित रचेर गाउने, नाच्ने गर्नु हुन्थ्यो । साथै साथीहरु माझ हद मयालु यौटा कविको पदवी पनि पाउनु भयो ।

मातृभाषाबाट आधुनिक नाटक लेखेर, गित लेखेर प्रस्तुततिकरण गर्ने कार्यबाट गिरिजा प्रसाद साँखु लगायत काठमाडौं, भक्तपुर, पाटन लगायत उपत्यकाका नेवाः बस्तीका साहित्यकारहरु मान्नु नाम चलेका मध्येमा पर्नु भयो । त्यसपछि वहाँले गद्य कविता, नाटक, उपन्यास, खण्डकाव्यहरुमा समेत कलम चलाएर धैरै पुस्तकका रूपमा प्रकाशित भएपछि अप्रकाशित रूपमा महाकाव्य तथा कैयौं प्रेसमा पुगेका पुस्तक हद आफ्नो ४५ वर्षको छोटो उमेरमा ७० वटा भन्दा बढी पुस्तक रचना गर्नु भयो ।

 

विक्रम सम्वत् २०१३ मा एस.एल.सी परीक्षा उतीर्णपछि कलेज भर्ना भई अन्तर कलेज नेपालभाषा साहित्य सम्मेलनमा जोशिलो जन कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेपछि साहित्यकारको रूपमा चिनिनु भयो । त्यसपछि वहाँले धेरै कविता, गितहरु रचना गरि पुस्तकको रुपमा प्रकाशित भयो । साँखुका टोलटोलमा हुने पर्दा प्याखँ नाटकमा कलाकार भई खेल्ने तथा आफ्नै मातृभाषाबाट आधुनिक नाटक लेखेर, गित लेखेर प्रस्तुततिकरण गर्ने कार्यबाट गिरिजा प्रसाद साँखु लगायत काठमाडौं, भक्तपुर, पाटन लगायत उपत्यकाका नेवाः बस्तीका साहित्यकारहरु मान्नु नाम चलेका मध्येमा पर्नु भयो । त्यसपछि वहाँले गद्य कविता, नाटक, उपन्यास, खण्डकाव्यहरुमा समेत कलम चलाएर धैरै पुस्तकका रूपमा प्रकाशित भएपछि अप्रकाशित रूपमा महाकाव्य तथा कैयौं प्रेसमा पुगेका पुस्तक हद आफ्नो ४५ वर्षको छोटो उमेरमा ७० वटा भन्दा बढी पुस्तक रचना गर्नु भयो ।
मरणोपरान्त पनि वहाँका कैयौ उपन्यास, काव्य, कविता संग्रहहरू प्रकाशित भएको थियो भने । नेपालभाषाको ‘लोहँमा’ नामको महाकाव्य पनि गिरिजा प्रसाद जोशीको मरणोपरान्त प्रकाशित भयो । महा काव्य लेखेको कारण गिरिजा प्रसाद जोशी पुस्तक अप्रकाशितको बेलामै ‘महाकवि’ हुनु भएको थियो ।

गिरिजा प्रसाद जोशी नेपालभाषाको साहित्यकारहरु माझ एकजना अलग्ग त्यस्ता चम्किला साहित्यकार थिए जस्को नेपालभाषाका सम्पूर्ण साहित्यकारहरुले वहाँलाई साहित्य शिरोमणिको रूपमा सम्मान दिए । किनभने छोटो उमेरमा त्यत्तिको धेरै साहित्य रचना गरेर भिन्नै मौलिक साहित्य रचना गरेर मातृभाषा नेपालभाषा बाहेक वहाँले कुनै लोभ लालचमा नफसीकन कुनै अन्य भाषामा साहित्य रचना गर्नु भएको थियो । मातृभाषाका कट्टर अनुयायि गिरिजा प्रसादका साहित्य रचनाहरु साझा प्रकाशनबाट पनि प्रकाशन गरि दिनु भनि वहाँलाई महाप्रबन्धकबाट बोलावट नेपालभाषाबाटै प्रकाशन गर्ने भएमात्र स्विकृती दिने कुरा गर्दा तात्कालीन पंचायती सरकारको एक भाषा नीतिका कारण साझा प्रकाशनले नेपालभाषामा गिरिजाप्रसादको रचनाको पुस्तक प्रकाशन गर्ने आँट गर्न सकेन ।

गिरिजा प्रसादले पंचायती सरकारको एक भाषा नीतिको विरोधमा धेरै गध र पद्य कविताहरु प्रकाशित भए । वहाँ समालोचक पनि हुनु हुन्थ्यो । राम्रो रचनाहरुको तारिफ गर्ने र नकारात्मक, भ्रामक, दोहोरो अर्थ लागे जस्ता पुस्तकका रचना हरुको कडा शब्दमा आलोचना गरि आफू भन्दा पनि अग्रज साहित्यकारहरुलाई पनि थर्काउनु हुन्थ्यो । गिरिजा प्रसादको समकालिन साहित्यकारह वहाँदेखि वडो होशियारपूर्वक बादविवाद, छलफल गर्ने गर्दछन् । साहित्यको मर्म बुझेको र राम्रो साहित्यले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याऊन सकिन्छ भन्ने  गिरिजा प्रसादको मान्यता राख्नु हुन्थ्यो ।

गिरिजा प्रसादले साँखुकै पुरानो भाग्योदय स्कूलमा अध्यापन गराउने कार्यमा दतचित्त भइ लाग्नु भयो । त्यत्ति बेलामा साँखुमा भाग्योदय स्कूलको आफ्नै भवन थिएन । घुँला टोलको यौटा पाटीमा थोरै विद्यार्र्थीहरु मात्र पढने गर्दथ्यो । वि.सं. २०१२।२०१३ सालमा सरकारी पिया जागीर एक पदमा सेवा गर्नु भयो । पछि टक्सार विभागमा खरीदारसम्म पनि हुनुभयो । वि.सं. २०१७ साल तिर हेटौंडामा रोड ट्रान्सपोर्ट अर्गनाईजेशनमा पनि सेवा गर्नु भयो भने त्यतिबेला हेटौंडामा पनि यौटा साहित्य कुन्जको संस्थापक हुनु भयो । हेटौंडाबाट फर्केपछि पुनः वहाँ काठमाडौंको विभिन्न स्कूलमा शिक्षक भई सेवा गर्नु भयो । आनन्दकूटी बोर्डिङ स्कूल, बालकुमारी मा.वि, शान्ति शिक्षा मन्दिर, भाग्योदय माध्यमिक विद्यालयमा वि.सं. २०२५ सालदेखि वि.सं. २०३८ साल सम्मन अध्यापन कार्यपछि राजनैतिक विवादका कारण गिरिजा प्रसाद आदर्श माध्यमिक विद्यालयमा सरुवा हुनु भयो । त्यसपछि वि.सं. २०४० सालदेखि राष्ट्रिय माध्यामिक विद्यालय इन्द्रायणीमा सरुवा भई प्रधानाध्यापक कार्यभार संभाल्न पुग्नु भयो । राष्ट्रिय माध्यामिक विद्यालय इन्द्रायणीमा कार्यरत हुँदा समयमै विक्रम सम्वत वि.सं. २०४४ साल भाद्र २२ गते ४९ बर्षको उमेरमा वहाँको देहावसान भयो । त्यति बेला नेपाल सम्बत ११०७ येँन्यापुर्णिमा कुमारी जात्राको दिन थियो ।

गिरिजा प्रसाद जोशीले भाग्योदय स्कूलमा शिक्षक भएपछि त्यस विद्यालयमा अंग्रेजी र नेपालभाषा विषय पढाउनु हुन्थ्यो । नेपालभाषाको पिरियडमा कुनैपनि विद्याथीहरुले वहाँको कक्षा छोडने गर्दैनन् किनभने आफ्नै मातृ भाषामा विषय पढाउँदै गहकीला कुरा, कथा, नाटक, कविता, गित आदि विषय पनि जादै नैतिक ज्ञान, साहित्यिक ज्ञान, चेतनामूलक शिक्षा समेत विद्यार्र्थीहरुलाई प्रस्टसँग बुझाउने गर्नु हुन्थ्यो । त्यहि समयताका भाग्योदय स्कूलका केहि विद्यार्थीहरुले गिरिजा प्रसाद को निर्देशनमा हस्तलिखित ‘न्ह्यूलुवा’ दैनिक पत्रिका निस्केको थियो । जुन छुट्टै साहित्यिक पत्रिका थियो । यसरी हस्तलिखित साहित्यिक दैनिक पत्रिकाको प्रचारप्रसारले उपत्यकाका अन्य स्कूलहरुले पनि हास्तलिखित भित्ते स्कूल निकाल जमर्को गर्न थालियो भने साँखुमा त्यसपछि झण्डै आधादर्जन, हस्तलिखित साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाहरु निस्केका थिए । गिरिजा प्रसादको साहित्यिक यात्राबाट साँखुमा त्यतिवेला झण्डै पाँच जना नेपालभाषाका साहित्यकारहरु जन्म भयो भने कयौं युवायुवतीहरूले पनि (पुस्तक लेखक) कथा, कविता, गित, चुटकीला, लघुनाटक लेख्न थालियो । प्रत्येक हप्ता, हप्तामा नेपालभाषाको साहित्यिक गोष्ठीहरु संचालन भएका थिए भने टोलटोलमा देखाईने नाटकहरु लेख्ने नाटककारहरु पनि निस्किएका थिए ।

गिरिजा प्रसादसंग सहकार्य गरी टाेलटोलमा आधुनिक नाटक मंचन समेत भएको थियाे। त्यस्ता नाटक हरुको प्रतियोगिता समेत भएका थिए। वर्ष—वर्षमा साहित्य समेलन समेत आयोजना हुन्थो र पंचायती सरकाको पालामा एकभाषा नीति लागू भएको बेलामा, सरकार विरुद्ध बोल्ने, लेख्ने अधिकार नभएको बेलामा अप्रत्यक्ष रुपमा सरकारको आलोचना गर्ने, वाक स्वतन्त्रताका लागि सरकारसंग साहित्यमार्फत व्यवस्था विरुद्धलाई लड्ने कार्य साँखुबाट व्यापक रुपमा गिरिजा प्रसादको अगुवाईमा संचालन हुन्थ्योर कविता, गित, कथा, निबन्ध, नाटक समेतबाट वाक स्वतन्त्रताका लागि सरकारलाई घचघच्याउने कार्य हुन्थ्यो । साहित्यकारहरूजतिलाई तात्कालीन पंचायत शासकहरुले बामपंथी बिचार धाराका भनेर निहुँ खोजो थुन छेक समेत गरियो । नाटक देखाउने समयमा प्रहरी थानामा स्पष्टिकरण बुझाउन जानु पर्ने, देखाउने नाटक, गितको खस भाषामा अनुवाद गर्नु पर्ने जस्ता निहुँ थापे नाटक मंचन, गित प्रतियोगिता बिथोल्ने प्रयास गरियो ।

गिरिजा पुनको साहित्यिक यात्रामा सहयोग गर्नेहरु तथा वहाँका विद्यार्थीवर्ग हद नाङ्ग्लेभारेदेखि साँखु, लप्सेफेदी, पालुवारी, इन्द्रायणी, खुलालटार, ब्रम्हखेल, सुवेदी गाउँ, गागलफेदी, घुमारीचोक लगायतका विध्यार्थीहरुले आ—आफ्नो रचनाहरु प्रस्तुत गर्ने कार्य गरेका थिए । नेपाल भाषाका मात्र नभई नेपाली भाषाका विद्याथीृहरु पनि उहाँको वहाँको पढाउने शैलि, प्रस्तुतिकरणबाट धेरै प्रभावित हन्थ्यो । वहाँको सहयतामा इन्द्रायणीमा राष्ट्रिय माध्यमिक विद्यालयबाट इन्द्रेयणी साहित्यिक पत्रिका प्रकाशित भएको थियो । साँखुमा वि.सं. २०१८ सालमा गिरिजाप्रसाद संस्थापक भई त्यत्तिबेलाका साहिदसँग मिलो चिराग पुस्तकालय, र जयबलि पुस्तकालय वि.सं. २०३२ २०३२ स्थापना भएका थिए । भाग्योदय स्कूलमा विद्यार्थी केटाकेटी हरुलाई नृत्य र गित मंचन गरेका थिए । गणेश प्राथमिक विद्यालयका छात्राहरूको मात्र सहभागित गराई गीति नृत्य मञ्चन गर्नु भएको थियो । यस्ता धेरै सकारात्मक सामाजिक परिवर्तकारी कार्य गर्दागर्दै वि.सं. २०३६ सालमा गिरिजा प्रसादलाई पंचायती सरकारका प्रशासनले हत्याको आरोपलगाई राजनैतिक प्रतिशोधका कारण जेल जीवन यापन पनि गर्नु भयो । केहि समय पश्चात बेकसूर हत्याई अदालतबाट इज्जतका साथ रिहाईपछि शिक्षक पदमा पुनस्थापना हुनु भयो । त्यसपछि गिरिजाप्रसाद ज्यूले बढी गहन साहित्यिक यात्रामा लाग्दै जीवनको अन्तिम घडी सम्मान शंखरापुरमा थुप्रै साहित्यकार जन्माएका थिए ।

 

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

११ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक