आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारमा संलग्नहरुलाई दण्डित गर्न ढिलो गर्न नहुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भ्रष्टाचारमा संलग्नहरुलाई दण्डित गर्न ढिलो गर्न नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयिकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजद्वारा २८ औ स्थापना दिवसको सन्दर्भमा जेठ १९ गते काठमाण्डौमा आयोजित “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा प्रमुख अतिथिको रुपमा बोल्दै डा. पाण्डेले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नहरुलाई दण्डित गर्न ढिलो गर्न नहुने बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले शिर्ष नेताहरु भ्रष्ट भएका कारण नागरिकहरुमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेताहरुलाई कारबाही गरि लोकतन्त्र बचाउनुपर्ने बताउनुभयो ।

समाजका का.वा. सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शिर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।  अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी÷ स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशिर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानहरुबारे प्रकाश पारिएको छ ।

कार्यक्रममा नागरिक अगुवा डा. केदारनरसिंह के.सी., समाजका पूर्व सभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्व सभापतिहरु डा. गंगाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टाहरु अर्जुन पराजुली, रामबहादुर पहाडी, रामेश्वरी पन्त र रत्ननीधि रेग्मीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गर्नुभएको थियो ।

शान्ति समाज स्थापना दिवसका अवसरमा जेठ १६ गतेबाट विभिन्न जिल्लामा शुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, पुस्तकदान, बस्त्रदान लगायत दर्जनौ कार्यक्रमहरु सम्पन्न भएको छ ।

यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्न जोड दिदै शान्ति समाजले शुरु गरेको अभियान अन्तर्गत विभिन्न जिल्लामा ७५ वटा प्रदर्शन भइसकेको छ भने शान्ति समाज पाल्पा शाखाले निरन्तर १७ वटा प्रदर्शन गरेको छ ।
२०५३ साल जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१६ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक