बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गर्मीबाट बच्न दिउँसोको घाममा ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गर्मीबाट बच्न दिउँसोको घाममा ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।पछिल्लो केहीदिन यता काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम वृद्धि हुँदै गएको छ । तापक्रम एक्कासी बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको छ ।

तराईका जिल्लामा ‘लू’ का कारण वर्षेनी मानिसले अकालमै ज्यान गुमाउने गर्छन् । देशभर तापक्रम बढ्दै गएपछि मन्त्रालयले गर्मी मौसममा तातो हावाबाट बच्न दिउँसो घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । त्यस्तै, यदि घरबाहिर निस्कनै परेमा पुरै शरिर छोपिने पातलो कपडा लगाउने, टोपी प्रयोग गर्ने र घामबाट बच्न छाता ओढेर मात्रै निस्कन मन्त्रालयले आग्रह गरेको छ ।

कन्सल्ट्यान्ट फिजिसियन डा.धुब्र गैरेका अनुसार गर्मीको समयमा तराईमा घरबाहिर निस्किँदा, खेतबारीमा काम गर्दा, बालबालिका खेल्दा तातो हावा तथा घामको असरले धेरै जना बेहोस हुने गर्छन् ।

गर्मीका कारण लगातार शरिरमा पानी, ग्लुकोज र नुनको कमीका कारणले गर्दा मानिसलाई डिहाइड्रेसन भई बेहोस हुने डा. गैरेको भनाइ छ । तातो हावाबाट बच्न चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, मदिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने चिकित्सकको आग्रह छ । यसबाट बच्चन फलफुलको रस पिउने, पानी पिउने, जीवनजल पिउन मन्त्रालयको सुझाव छ ।

बालबालिकालाई तातो हावा ‘लू’बाट कसरी जोगाउने 

बालबालिकालाई ‘लू’ बाट बचाउन दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिन डा. गैरेको सुझाव छ । उहाँका अनुसार निस्कनै परेमा हल्का रङ्गको सुतीको कपडा लगाउने, बाहिरा हिँड्दा छाता वा टोपीको प्रयोग गर्नुपर्दछ ।

यसका साथै डा. गैरे भन्नुहुन्छ, “बालबालिकाको साथमा सधैभरी पानीको बोतल राखिदिने, कागती पानी, नरिवल पानी, ताजा फलफुलको रस नियमित रुपमा पिउन दिने तथा गर्मीको समयमा पत्रु खाना (जङ्क फुड) को प्रयोग नगर्ने र ताजा फल, सलाद र घरमै बनेको खानेकुरा खुवाउनु पर्छ ।”

“बालबालिकालाई बिहान वा साँझको समयमा मात्रै खेल्न बाहिर पठाउने । यदि बालबालिकालाई रिङ्गटा लागेमा, वान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त ननिकैको अस्पताल लैजानुपर्दछ”, उहाँले भन्नुभयो । सिर्जना खत्री, गाेरखापत्र

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

९ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक