सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सरकारको उल्टो यात्रा ! यसरी पुगिन्छ त समाजवादमा ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

चर्को चालु खर्च, घट्दो विकास बजेट र उत्साहहीन कार्यक्रमका कारण सरकारले यस वर्ष ल्याएको बजेट सफलतापूर्वक कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सरकारले सर्वहारा वर्ग गरिब , श्रमिक तथा किसानका लागि हालको अवस्थामा कायापलट हुनेगरी योजना ल्याउन सकेको छैन । बरु सांसद विकास कोष जस्ता विगतमा बद्नाम भइसकेकोकार्यक्रमलाई पुनः कार्यान्वयन गर्ने भएको छ ।

यसले बजेटको कनिका छराइ हुने र वास्तविक लाभ जनताले नपाउने जोखिम पनि बढेर गएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ लागि ल्याएको बजेटमा पूँजीगत खर्चलाई झनै घटाएको छ । पुँजीगत बजेट विकास खर्चका लागि विनियोजन हुने गरेको छ । चालु आर्थिक वर्षमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन भएकामा त्यसभन्दा बढी अर्थात् ३ खर्ब ७ अर्ब ४५ करोड वित्तीय व्यवस्थामा विनियोजन भएको छ । वित्तीय व्यवस्थापन भनेको सरकारले लिएको ऋण र त्यसको ब्याज तिर्न प्रयोग हुने बजेट हो ।

पछिल्लो समय नेपालमा वैदेशिक ऋण बढ्दै गएको छ । तर, त्यसरी लिइएको ऋणको प्रतिफल भने खासै देख्न पाइएको छैन । त्यही कारण बढ्दो ऋणप्रति जनआक्रोश पनि बढ्दै गएको छ । पुँजीगत बजेटभन्दा बढी ऋण र ब्याज तिर्न सरकारले रकम बढी छुट्याउनु भएको देश आर्थिक रुपमा संकटमा पर्दै गएको उदाहरण पनि हो । यसपटक अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट नै करिब १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गर्ने संशोधित अनुमान पेस गरेका छन् ।

राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा ५.९५ प्रतिशतले ऋणात्मक हुँदै छ । तर, सरकारले बजेट बढाएर साढे १७ खर्ब हाराहारीमा पु¥याएको छ । राजस्व लक्ष्यअनुसार उठ्न नसकिरहेको बेला सरकारले महत्वाकांक्षी बजेट ल्याएको हो । जब कि राष्ट्रिय योजना आयोगले दिएको पनि १६ खर्ब ८८ अर्बको सीमा दिएको थियो । विकास बजेट घटाएको सरकारले चालु खर्च भने घटाएको छैन । अर्थमन्त्री महतले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकता तथा सरकारले पेस गरेको नीति तथा कार्यक्रममा चालु खर्च घटाउने , पुँजीगत खर्च बढाउने जनाएका थिए । चालु वर्षको संशोधित बजेटमध्ये ६९.३३ प्रतिशत चालु शीर्षकमा छ । आगामी वर्षको बजेटमा चालु बजेट ६५.२० प्रतिशत कायम गरिएको छ । ऋणको अवस्था भने भयावह छ । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा बजेटको लक्ष्यभन्दा २३ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ ।

यो वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरेको भए पनि असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँ उठाउने भएको हो । वित्तीय प्रणालीमा तरलता कम भएर ब्याजदर उच्च भएका बेला सरकारले अनुमान गरेभन्दा पनि बढी कर्जा उठाउन लागेको हो । सरकारको तयारीले तरलता र ब्याजदरमा थप दबाब पुग्ने छ । सरकारले बजेटको मध्यावधि समीक्षामार्फत आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने संशोधित लक्ष्य निर्धारण गरेको थियो । त्यसअघि यस आर्थिक वर्षको बजेटले सुरुमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । वित्तीय व्यवस्था अर्थात् ऋणको साँवाब्याज भुक्तानी बढी हुनुले मुलुकमा झन् बढी ऋण थप्नेछ । यस्तो बेला उत्पादन वृद्धिका लागि नीतिगत हस्तक्षेपको आवश्यकता हुनुपर्छ । यसले खासगरी युवा वर्गलाई आशा जगाउन सक्दैन । राजस्व संकलन कम भएपछि लगानी गर्ने स्रोत जुट्दैन र उत्पादन बढ्न कठिन हुन्छ । देशमा अहिले आम्दानीको स्रोत करिब राजस्व र रेमिट्यान्स मात्र हो भन्दा फरक पर्दैन । तर, रेमिट्यान्सको रकम आयातमा नै सकिन्छ । राजस्वको रकम सरकारको प्रशासनिक खर्च, तलब भत्ता र सुविधामै सकिन्छ । विकासका लागि आवश्यक बजेट पनि नहुँदा दातृ निकाय र अन्य देशको ऋण कुर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले विशेषखालको बजेट ल्याउन आवश्यक थियो, जसमा सरकार चुकेको छ । बजेटको अर्को महत्व भनेको समाजमा सबैभन्दा पछाडि परेकाहरुको उत्थानका लागि पनि हो । हाल अर्थतन्त्रमा आएको समस्याका कारण गरिब तथा श्रमिक वर्गमा धेरै मारमा परेका छन् । किसान अझै पनि उत्पादन बिक्री नभएर आन्दोलन गर्नुपर्ने अवस्थामा छन् ।

न्यून आएका भएकाहरु शिक्षा, स्वास्थ्यको चर्को शुल्कका कारण मारमा छन् । बैंकबाट ऋण लिएकाहरु पनि बढ्दो ब्याजदरका कारण तनावमा छन् । तर, एकथरी दलाल बिचौलिया वर्ग भने सरकारी उदासीनताका कारण मोटाउँदै गउको छ । कम्युनिस्ट सरकार, जसको गन्तव्य समाजवाद हो, उसले बिचौलिया वर्गलाई निरुत्साहन र सर्वहारा वर्गको उत्थानका लागि योजना ल्याउनुपर्ने थियो । त्यसमा पनि सरकारले सफलता पाउन सकेको देखिँदैन । उत्पादनभन्दा आयातमा जोड दिने व्यापारिक प्रवृत्तिका कारण देशले आत्मनिर्भरताको बाटो समाउने सम्भावना झनै न्यून देखिएको छ । तर, जबसम्म कुनै पनि देशले निश्चित वस्तुमा आफूलाई आत्मनिर्भर बनाउँदैन तबसम्म त्यो देशको अर्थतन्त्र सबल हुन सक्दैन, जसमा सत्ता संचालक राजनीतिक दलहरु स्पष्ट हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !

के-कस्तो देश हो नेपाल ? र के-कस्तो क्रान्ति गर्ने यहाँ ?

२ वर्ष अगाडि
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

गगनको गनगन कि पार्टीको निर्णय ?

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक