सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

के-कस्तो देश हो नेपाल ? र के-कस्तो क्रान्ति गर्ने यहाँ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– नारायण शर्मा
यो प्रश्न एक अत्यन्त जटिल र गम्भीर तर निर्णायक महत्वको प्रश्न हो । यसको सही उत्तर नखोजेर कि त क्रान्ति नै हुँदैन कि भने भएको भनिएको क्रान्ति वास्तविक क्रान्ति नभै भ्रान्ति हुन्छ र अन्ततः र सारत: त्यो प्रतिक्रान्ति र प्रतिगमनमा पुग्दछ । त्यसैले सर्वप्रथम हामीले हाम्रो देशलाई चिन्न सक्नुपर्छ । यसक्रममा हाम्रो देस नेपाल र नेपाली जनताका मौलिक गुण र विशेषताहरु पहिचान र प्रयोग गरी मौलिक र स्वाधीन तरिकाले नै नेपालमा क्रान्ति गर्नुपर्छ भने नेपाली मौलिकता र विशिष्टतासहितको आफ्नै नयाँ र उन्नत व्यवस्था अवलम्बन गरी अगाडि बढ्नु अपरिहार्य भएको छ ।
आउनुहोस् अब देश चिनौं :
१. ऐतिहासिक र पौराणिक कालदेखि नै जाति/समुदायगत, क्षेत्रगत, जलवायुगत, धर्मगत, भाषागत, वर्गगत, संस्कृतिगत, सभ्यतागत, क्षेत्रगत, लिङ्गगत, गोत्रगत, बासगत (आदिवासी, मूलवासी, दीर्घवासी र आप्रवासी) र अहिले पौने एक शताब्दीयता विभिन्न विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपले विभिन्न समूहहरुमा विभाजित जस्ता धेरै विविधताले भरिएको देश ।
२. ज्ञान-विज्ञानभूमि, वीरभूमि, तप/ध्यानभूमि, त्याग/दानभूमि, कर्मभूमि, धर्म/पुण्यभूमि, तीर्थभूमि, सेवाभूमि रहिआएको देश ।
३. भू-भारतपरिवेष्ठित, भूराजनीतिक संवेदनशील, सामरिक महत्त्वको, विशाल भूगोल र विशाल जनसंख्या, भिन्न राजनीतिक-सामाजिक व्यवस्था भएका शक्तिशाली  प्रतिस्पर्धी, प्रतिशोधी र प्रभुत्वशाली देशहरुको बिचमा रहेको दुई ढुङ्गबीचको तरुल वा दुई पहरा बीचको लहरा अथवा भनौं दुई ठुलाढुङ्गाका कापको पिपलजस्तो देश ।
४. नदीनाला, बनजङ्गल, खानीखनिज, जडीबुटी, जीवजन्तु, बनस्पति, प्राकृतिक सुन्दरता र खनिज सम्पदाले भरिपूर्ण देश ।
५. वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक र राजनीतिक सद्भाव, सहिष्णुता र एकता मूलरूपमा भएपनि अंशत:  संकीर्णता, रुढीबादीता र अन्धविश्वास पनि भएको देश ।
६. सामन्ती व्यक्तिवादी निम्नपुँजीवादी टुक्रे उत्पादन प्रणाली र वैदेशिक अनुदान र आयात अनि वैदेशिक रोजगारीको रेमिटेन्समा आधारित परनिर्भर अर्थव्यवस्था भएको देश
७. यसरी नै एकातिर व्यक्तिगत र पारिवारिक स्वार्थका कारण वैमनस्य र बेमेल, झगडा र कलह अनि गुटगत र पार्टीगत संकीर्णताका कारण आधारभूत विचार मिल्नेहरुबिच पनि आपसमा टुटफुट, आग्रह-पूर्वाग्रह र प्रतिशोध-निषेधसम्म पनि हुँदै गरिंदै र अन्तत: विजातीय, विवर्गीय, विदेसीय, विवैचारिक र विराजनैतिक शक्तिहरुसँग साँठगाँठ, सहमति र सम्झौता भई निर्णायक र गुणात्मक क्रान्ति सम्पन्न हुन नसकेर अस्थीरता, अराजकता, अपराधीकरण, दलालीकरण र आत्मसमर्पणका कारण आम जनतामा चरम असन्तुष्टि, आक्रोश र आक्रमणका भाव र प्रवृत्तिमा अत्यधिक बृद्धिभैरहेको देश ।
८. जनस्तरमा राजनीतिक चेतना, राष्ट्रिय जागरण र सामाजिक सद्भाव, सामूहिक भाव, देशभक्तिको भावनाको प्रचुरताका बावजुद पनि शासकस्तरमा भने राष्ट्रहित, जनहित र समाजहितविरोधी व्यक्तिवादी, परिवारवादी, आसेपासेवादी, जातिवादी, क्षेत्रवादी, लिङ्गवादी र पार्टीवादी स्वार्थी, दलाल, दास र दरिद्र सोंच र शैली बृद्धि हुँदै आएर  राष्ट्रिय र वर्गीय  दुश्मनहरुसँग पनि सहमति, समन्वय र सदुपयोग गर्ने बहानामा कार्यगत एकता र संयुक्त मोर्चा बनाई सत्ता र स्वार्थको निम्ति राष्ट्रिय नेताहरुको नै सम्झौतावादी र समर्पणवादी दलाल र गद्दार  चिन्तन र चरित्रका कारण अस्थीरता र पराधीनताको शिकार भएको देश  ।
९. कृषिप्रधान, किसानबाहुल्य, हिन्दुबाहुल्य, गरीब बाहुल्य, पुरुष/पतिसत्ताप्रधानबाट स्त्री/पत्नीसत्तातर्फ उन्मुख, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नवसामन्ती र नवऔपनिवेशिक  अवस्थामा संक्रमित  समाजव्यवस्था भएको अल्प र असमान विकास भएको देश ।
१०. निश्चित जाति  ( खस बाहुन, क्षेत्री, ठकुरी), निश्चित धर्म हिन्दु, निश्चित भाषा खस, निश्चित संस्कृती आर्य, निश्चित जात ब्राह्मण, निश्चित शासक राजा-राणा, निश्चित विदेसी इन्डो-पश्चिमा साम्राज्यवादीहरु र निश्चित दल काङ्ग्रेस-कम्युनिस्ट , निश्चित नेता देउवा-प्रचण्ड-वली र निश्चित माफिया साँढे-माडेहरुको असैह्य हालीमुहाली, हुकुम-हैकम र हस्तक्षेप-हत्या भै देस र जनतामा चरम शोषण-उत्पीडन  परम अन्याय-अन्याचार, असीमित घुस-भ्रष्टाचार र अकल्पनीय दलाली-कमिशनखोरी बढ्दैगरेको देश ।
११. पार्टी, राज्य, नेता र शासकका सिद्धान्त-संकल्प, नीति-नियम, विधि-विधान र लक्ष-उद्देश्य, मूल्य-मान्यता, व्यवस्था हात्तीका देखाउने दाँतका रुपमा भएकाले भनाइ र गराइमा बढी नै विपरीतता बढिरहेको देश ।
१२. राजनीतिक अस्थीरता, सामाजिक अराजकता, जनजिविकाजन्य असन्तुष्टि, राज्यआतंक र  प्रशासनिक अदक्षताले सताइएको देश ।
१३. नवउदारवादी अर्थनीति एवं अफापसिद्ध असफल र अस्थीरताको कारक दलाल पुँजीवादी संसदीय  व्यवस्था र दल एवं तिनका भ्रष्ट-दुष्टअनि दलाल र गद्दार नेता-शासकहरुका कारण बेरोजगारी, परनिर्भरता, भुक्तानी असन्तुलन, व्यापारघाटा, वैदेशिक ऋण चरम हुँदै टाट पल्टेर एक असफल राष्ट्र घोषणा  हुन मात्र बाँकी भएको देश ।
१४.  तीनतिरबाट भारत जस्तो सबभन्दा ठुलो जनसंख्या र विशाल भूगोल भएको पुँजीवादी बाटोमा रहेको विस्तारवादी देशबाट घेरिएको र अर्को एकतिरबाट दोस्रो ठूलो जनसंख्या र विशालतम भूगोल भएको समाजवादी बाटोमा अघि बढिरहेको चीनसँग सिमा जोडिएर दुई भिन्न विचार, बाटो र व्यवस्था भएका प्रतिस्पर्धी र प्रतिशोशोधी मुलुकहरुद्वारा भूपरिवेष्ठित र भूराजनीतिक संवेदनशीलता भएको देश ।
१५. विगत छ दसकदेखि पंचशीलमा आधारित स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भएपनि हाल हाएर सो नीति विपरीत अघोषित रुपमा इण्डो-पश्चिमा शक्तिकेन्द्रको सुरक्षा रणनीति अवलम्बन गर्न थालेको देश ।
१६. सामान्यतया सन् १८७२ को सुगौली सन्धिबाट र विशेषत: १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमार्फत अर्ध औपनिवेशिक अवस्थामा पुगेको भएपनि पंचायतकालसम्ममा सामन्ती उत्पादन प्रणालीमा आधारित कृषिप्रधान र किसानबाहुल्य एक अत्मनिर्भर विकासशील राष्ट्रमा उक्लिएको यो देश विसं २०४८ देखि WTO  मा प्रवेश गरेसँगै उदारीकरण र निजीकरण मार्फत नव औपनिवेशिक अवस्थामा पुगेको परनिर्भर र पिछडिएको अत्यन्त शोषित-पीडित एक अति कम विकसित देशमा गिरेको देश हो नेपाल ।
१७. विकसित पुँजीवादी अवस्था र व्यवस्था वा जनवादी-समाजवादी अवस्था र व्यवस्था अन्तर्गत अवलम्बन गरिने संघीय शासन व्यवस्था हाम्रो जस्तो अविकसित, परनिर्भर, अर्धसामन्ती र नव औपनिवेशिक अवस्था र दलाल पुँजीवादी शासनव्यवस्था भएको देशमा साम्राज्यवादीहरुको फुटाऊ र शासन गर रणनीति अन्तर्गत घुसाइएको वा लादिएको यो पहिचानमा आधारित संघीय प्रणालीलाई आफूलाई खाँटी वर्गीय विचारमा आधारित बताउने कम्युनिस्ट क्रान्तिकारीहरुले र राज्यले नै जानी-नजानी वा चाही-नचाही अवलम्बन गरेकोले विभिन्न जात-जाति, भाषाभाषी र धर्म-संस्कृतिका जनसमुदायका बिचमा जातीय विद्वेष, भाषिक विवाद र धार्मिक असहिष्णुता बढेर जातीय, धार्मिक, सांस्कृतिक र साम्प्रदायिक द्वन्द्व र दङ्गाका झिल्का र प्रवृत्तिहरु देखापरेकोले  देश आज निकै नै गम्भीर र संवेदनशील मोडमा पुगेको छ ।
१८. साम्राज्यवादी-विस्तारवादी वैदेशिक शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप, शोषण-दमन, घेराबन्दी-नाकावन्दी र धम्की-घुर्की व्यापक भैरहेको र तिनका अगाडि  मूलतः नेपाली संसदवादी दल, नेता र शासक-प्रशासकहरुको सुनियोजित, संगठित र संयुक्त भ्रष्टाचार, दलाली, गद्दारी र आत्मसमर्पणवादी गतिविधिका कारण र अंशत: आफूलाई क्रान्तिकारी र देशभक्त बताउने सडकवादी शक्ति, मंच-मोर्चा, संघ-संस्था, अभियान-प्रतिष्ठान र सचेत नागरिक अगुवा भनिने व्यक्ति-व्यक्तित्वहरुका संकीर्ण, एकलकाँटे, अहंकारी, मपाइवादी, पूर्वाग्रही, प्रतिशोधी र निषेधवादी चिन्तन र चरित्रका कारण राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखन्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वत्व-अस्तित्व धरापमा परेको देश हो नेपाल ।
१९. संक्षिप्तमा भन्नुपर्दा  देस र जनताका आधारभूत हकहितसँग सम्बन्धित राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र, जनजीविका, शान्ति, समृद्धि र विकासका समस्याहरु लामो समयदेखी रहँदै आएका र तिनलाई लिएर विक्रमको बीसौं शताब्दीको सुरुवातसँगै नेपालमा प्रारम्भ भएको आधुनिक प्रजातान्त्रिक क्रान्तिको क्रममा २००७, २०२८, २०३६, २०४६, २०५२ र २०६२/६३ का सशस्त्र र शान्तिपूर्ण सशक्त र संयुक्त जन आन्दोलन हुँदा पछिल्ला समय क्रममा यी समस्याहरुमध्ये जनतन्त्रका समस्याहरु खासगरी राजनीतिक र वाकप्रकाशन स्वतन्त्रता र मौलिक हकअधिकारहरु केहीहदसम्म संविधानमा सम्बोधन हुन सकेको देस भएको छ नेपाल ।  तथापि जनजीविका र राष्ट्रियताका समस्याहरु भने झन्झन् जटिल र गम्भीर हुँदै गएका छन् । अहिले त जनजीविकाका समस्या यति भयावह भएका छन् कि एकातिर देशमा कोही पनि इमान्दार, स्वच्छ, स्वाभिमानी, स्वविवेकी र स्वनिर्भर जनसमुदायहरु बाँच्नै नसक्ने र अर्कातिर कोही पनि युवाहरु अहिले देशमा बस्नै नसक्ने अवस्थामा देस पुगेको छ । यसरी नै देशको स्वाधीनता, स्वत्व र अस्तित्व पनि लोप नै हुने अर्थात् पूर्णरुपले सिक्किमीकरण हुने वा शक्तिराष्ट्रहरुको ब्रम्हलूट र युद्धको केन्द्र हुने अर्थात् पूर्ण रुपले युक्रेनीकरण र अफगानीकरण हुने अथवा देशको खण्डीकरण हुने अर्थात् ठ्याक्कै कोरिया विभाजित भएझैं हुने वा कम्तिमा परराष्ट्र, सुरक्षा, नदीनाला (जलश्रोत) र खानीखनिजमा इन्डो-पश्चिमा एकाधिकार हुने चरम खतरामा परेको देश हो अहिलेको नेपाल ।
२०. राणाकालसम्ममा पूर्ण ( करिब ९५ प्रतिशत) सामन्ती र आंशिक (करिब २५ प्रतिशत) उपनिवेश भएको नेपाल पंचायतकालमा आउँदा अर्ध ( करिब ७० प्रतिशत) सामन्ती र अर्ध (करिब २५ प्रतिशत अर्थात करिब चौथाइ उपनिवेश हुँदै बहुदलीय संसदीय व्यवस्था हुँदै हालको गणतान्त्रिक कालसम्म आइपुग्दा सामन्ती अवस्था २५ प्रतिशत र औपनिवेशिक अवस्था ९० प्रतिशतजति हुन पुगेको देशमा परिणत भएको देश हो हालको नेपाल ।
२१. यसरी हिंजोको सामन्ती र अर्धसामन्ती एवं अर्ध र नव उपनिवेसको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको देश नेपाल अहिले खासगरी बहुदलीय संसदीय व्यवस्था र दलाल पुँजीवादी संघीय गणतन्त्रात्मक शासनकालमा आएपछि त झन् खुला, सीधा, नाङ्गो रुपमा इन्डो-पश्चिमा विस्तारवादी-साम्राज्यवादीहरुको निरन्तरको चौतर्फी हस्तक्षेपका कारण झन्डै झन्डै पूर्ण उपनिवेशहुन पुगेको छ हाम्रो देश नेपाल ।
 उपरोक्त कारण र परिस्थितिले गर्दा देशको अवस्था निकै नै संवेदनशील अनि विष्फोटक र विद्रोहात्मक अवस्थामा पुगेको छ । अर्को शब्दमा भन्नुपर्दा सत्तासीन र प्रतिपक्षी संसदवादी पार्टी-नेता  र राज्यमा अन्तर्निहित उल्लिखित विभिन्न विकृति र विसङ्गतिहरुका कारण पुरानो सत्ता टिक्न नसक्ने र जनता यो दर्दनाक र विकराल अवस्था सहेर बाँच्नै नसक्ने अवस्था उत्पन्न भएको छ । यो अवस्था भनेको वस्तुगत रुपले क्रान्तिकारी परिस्थिति परिपक्व बनेको अवस्था हो । विडम्बना, आज देसमा विद्यमान सत्ताधारी, प्रतिपक्षी संसदवादी वा  क्रान्तिकारी कुनै पनि राजनीतिक शक्ति नेपालका यी विशिष्टता, मौलिकता र यो भयावह अवस्थाको गम्भीरतालाई बुझ्न र बदल्न  समर्थ छैनन् !
 नेपाल  र नेपालीका उपरोक्त विशिष्टता र मौलिकतालाई बुझिसकेपछि केकस्तो र कसरी क्रान्ति गर्दा पूर्ण सफल हुन सकिन्छ र प्रतिक्रान्ति नहुने सुनिश्चित गर्न सकिन्छ भन्ने अर्को अहं प्रश्न खडा हुन्छ । सच्चाइ यो हो कि उपरोक्त मौलिकता र विशिष्टता नपकृकन वा यिनलाई आधार मानेर नेपाली नीति, विधि र व्यवस्था अनुसन्धान, अवलम्बन र कृयान्वयन गर्ने नगर्दासम्म नेपालमा निर्णायक, गुणात्मक, दीगो र निरन्तर क्रान्ति सम्भव छैन । आज नेपालमा बारम्बार क्रान्तिका प्रयास हुने, आन्दोलन र बलिदानका कीर्तिमान समेत कायम हुने तर क्रान्ति त के जनतामा महसुस हुने जनपक्षीय, देसपक्षीय र दीगो कुनै उल्लेख्य परिवर्तन र सुधार पनि नहुने बरु बारबार प्रतिगमन र प्रतिक्रान्ति नै भैरहने गरेको छ । अहिले पनि पुरातनपन्थी राजावादी प्रतिगमन र कथित अधुनातनपन्थी विस्तारवादी-साम्राज्यवादी प्रतिगमनका प्रकृयाहरु जोडतोडले चलिरहेका छन् । विचित्र विडम्बना यो छ कि यी दुवैथरी प्रतिगनकारीहरुले थोरै वा धेरै, प्रत्यक्ष वा अप्रत्यक्ष, ढिलो वा चाँडो तिनै विस्तारवादी-साम्राज्यवादीसँग बिक्ने, चुक्ने, झुक्ने र आत्मसमर्पण गर्ने उपयुक्त समय, विधि, रुप र एजेन्डा खोजिरहेका छन् । स्पष्ट छ कि जुन शक्तिले नेपाल र नेपालीको हकहितलाई बली दिएर विदेसी शक्तिराष्ट्रहरुको स्वार्थलाई बढीभन्दाबढी पूरा गर्ने गराउने कसम खाएर र कटिबद्धता देखाएर उनीहरुलाई विश्वास दिलाउन सक्छ, त्यही पक्षको प्रतिगमन र प्रतिक्रान्ति स्थापित गराइन्छ र हुन्छ । भलेही यो इतिहास सिद्ध सच्चाइ हो कि जुनसुकै प्रतिगमन र प्रतिक्रान्तिको धेरै आयु हुने छैन ! तसर्थ प्रतिगमन र प्रतिक्रान्तिका यी फणाहरुलाई ठोक्न, रोक्न र सधैको लागि पराजित गर्न अत्यावश्यक छ । त्यसैले अब यी कुराहरुलाई गहिरो गरी बुझ्ने नयाँ चिन्तन र दृष्टिकोण विकास गरेर  नयाँ वैकल्पिक विचार, बुझाइ, बाटो, विधि र व्यवस्थाको मोडेलको रुपमा जनता र देको सच्चा र दीगो हकहितमुखी लोकतन्त्रको रुपमा जनताको राष्ट्रिय लोकतन्त्र ( People´s National Democracy) को परिकल्पना र विकास  गर्नु र नेपालको ठोस धर्तीमा लागू गर्नु अत्यन्त  जरुरी छ । यस्तो लोकतान्त्रिक व्यवस्थाले मात्र देस र जनताका राष्ट्रियता र लोकतन्त्रलाई संरक्षण र सम्बर्द्धन गर्ने अनि  जनजीविकाका समस्याहरुलाई पनि उल्लेख्य, शीघ्र र प्रभावकारी रुपमा हल गर्नसक्छ र गर्नै पर्दछ । यसरी मात्र न्यायपूर्ण, समतामुखी, विज्ञानसम्मत, समाजको स्थापना र विकास गरी स्थायी शान्ति, दीगो विकास र समग्र समृद्धि प्राप्त गर्न सकिन्छ ।त्यसका लागि  यस्तो विचार र बुझाइ बोक्ने व्यक्ति र शक्तिहरु सर्वप्रथम एकताबद्ध हुनु, मोर्चाबद्ध हुनु, आगामी नीति, कार्यक्रम र कार्ययोजनाहरु बनाउनु, आपसी सहकार्य गर्नु, तालमेल गर्नु र सहयोग-सद्भाव बढाउनु आवश्यक हुन्छ । तत्पश्चात् यो भयावह अवस्थालाई बदल्न सम्झौताहीन र अजेय निर्णायक संयुक्त र सशक्त संघर्षमा डट्नुपर्छ । यसरी र यसरी मात्र यो देसमा दीगो क्रान्ति,  चौतर्फी विकास, सापेक्षित समानता, समग्र समृद्धि, उच्च लोकतन्त्र/जनवाद (democracy),  पूर्ण राष्ट्रिय स्वाधीनता, स्थायी शान्ति र अमन चैन प्राप्त गर्नको लागि संघीय समाजवाद हुँदै साम्यवादतिर अगाडि बढ्न सफल भइनेछ । ( २० पुस २०८० रानीवुँ ललितपुर, नेपाल । )

यो पनि पढ्नुहोस्

न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

गगनको गनगन कि पार्टीको निर्णय ?

३ वर्ष अगाडि
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

यौनजन्य हिंसापछि प्रहरीमा भन्दा ओसीएमसीतिर आकर्षण किन ?

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक