आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।

गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालय परिसरमा राखिएका तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उनले तस्बिरले जिल्लाजिल्लामा पारेको प्रभाव र सम्बन्धका बारेमा छलफल गरेका थिए । तस्बिर अवलोकनपछि महानगरपालिकाका प्रमुख महर्जनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भ्रमण गरेजस्तो अनुभूति भएको रासससँग प्रतिक्रिया दिए ।

राससले सङ्ग्रहणीय तस्बिर प्रदर्शनीमा राखेको उल्लेख गर्दै महानगरपालिकाका प्रमुख महर्जनले पाटनमा पनि यस्तै प्रदर्शनी गर्ने प्रतिबद्धता जनाए । यस्ता कार्यलाई राससले निरन्तरता दिनुपर्ने महानगरपालिकाका उनको सुझाव थियो ।

राससको सेवा प्रवाह प्रक्रियाको निरीक्षण गरेका महानगरप्रमुख महर्जनले राससले समाचार संस्थाका रुपमा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा अन्य सञ्चारसम्बद्ध संस्थासँग तुलना हुन नसक्ने बताए ।

अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराएका थिए । सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीलगायत राससका पदाधिकारी एवं सञ्चारकर्मीले उनलाई स्वागत गरेका थिए ।

महानगरप्रमुख महर्जनले रासस केन्द्रीय कार्यालयको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तरराष्ट्रिय शाखा एवम् तस्बिर सम्पादन शाखाको पनि अवलोकन गरी त्यहाँबाट हुने कार्यसम्पादनका विषयमा जानकारी लिएका थिए। रासससँग सहकार्य गर्न सकिने विषयमा निकट भविष्यमै बैठक गरिने उनले प्रतिबद्धता जनाए । महर्जनसँगै काठमाडौँ महानगरपालिका–११ का वडाअध्यक्ष हीरालाल तण्डुकारले पनि तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।

राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गरेको प्रदर्शनी सर्वसाधारण सबैका लागि खुला छ । तस्बिर प्रदर्शनीको बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिन्छ ।

विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति, मुलुकका लब्धप्रतिष्ठित व्यक्तित्वसहित चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने, आमसञ्चारकर्मी र सर्वसाधारण सहभागी भइरहेका छन् ।

मङ्गलबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गरेका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यही जेठ १४ गते सो प्रदर्शनी अवलोकन गर्दै गणतन्त्र दिवसको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्न सहयोग पुग्ने सिर्जनशील कार्यक्रम आयोजना गरेकामा राससलाई धन्यवाद दिएका थिए । आजै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री सुरेन्द्रकुमार कार्कीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका थिए ।

विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्यजस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय तस्बिर समेटेर हरेक वर्ष फागुन ७ गते पनि केन्द्रीय कार्यालय परिसरमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । रासस

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१४ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक