आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उज्यालो प्रदेशको अँध्यारो गाउँ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उज्यालो प्रदेशको अँध्यारो गाउँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनाङ । हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो । मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन । मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघु जलविद्युतका संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुन सकेका छैनन् ।

निर्माण व्यवसायीले भीमताङ लघु जलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिए । “सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्”, गुरुङले भने, “कहिले होला खै उज्यालो मनाङ हुने रु”

मनाङमा समयको प्रतिकूलताले गर्दा विद्युत् आपूर्तिमा समस्या आइरहने क्षेत्रमा पर्छ । यहाँका विद्युत्, टेलिफोनलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी हुनसमेत समस्या हुने स्थान भएकाले समयको अनुकूलता तथा प्रतिकूलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उनले बताए । त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद् भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

“यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन”, उनले भने । बाढीले क्षति पुर्याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् । केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।

मनाङ पहिलोपटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै विसं २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढी पहिरोको विपद्मा पर्यो । केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य भएका छन् ।

सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषणा गरेका थिए । पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन । पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत् प्रवाहका लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।

केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै सङ्कटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युतबाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।

मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघु जलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको भुजुङ गुरुङले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत् प्रवाह गर्ने व्यवस्था गरेका छन् । आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उनले बताए । अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१२ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक