काठमाडाैं । ओखलढुंगामा जन्मिएकी अम्बिका तामाङकाे पहिलाे अभिनित कथानक चलचित्र ‘वेलकम टु हेम्जाकोट’ ले ओएसआर डिजिटल युट्युव च्यानलमार्फत आफ्नो चलचित्रकाे ट्रेलर सार्वजनिक गरिसकेको छ । सो ट्रेलरमा वैदेशिक रोजगारी, अन्तरजातिय प्रेममा आउने उतारचढाव र बेरोजगारीले निम्त्याउने समस्यालाई उजागर गर्न खोजिएको छ।
सो चलचित्र जेठ २६ गतेदेखि देशैभर प्रदर्शन हुँदैछ । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि प्रदर्शन हुँदैछ । साथै, जेठ २६ ट्रेलर भ्यु अनुसार ‘वेलकम टु हेम्जाकोट’ ले ‘निरफूललाई पछि पार्ने स्थिति देखिन्छ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व। जयनन्द लामालगायत कलाकारको अभिनय छ। चलचित्रको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।
दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। चलचित्रमा तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काको लगानी रहेको छ।
दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। चलचित्रमा तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काको लगानी रहेको छ।
यस चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाली कथानक चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।



