आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार‚ सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत भएको बताएकी छन्।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै यस्तो काम हुननहुने बताइन्।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको र उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने उनले बताइन्। गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको र गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको उनले बताइन्।

सरकारका प्रवक्तासमेत रहकी मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष ३ दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन्।

मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताइन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए। उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए। समुदाय स्तरमा समुदायकै आवाज पुर्‍याउन रेडियोले सहयोग गर्ने भएकाले संसद् र समितिमार्फत रेडियोका कुरा सरकारसम्म पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोले सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने बताए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए। राज्य सबै क्षेत्रको अभिभावक हुनुपर्नेमा जोड दिँदै उनले रेडियोलाई दिगो रूपमा टिकाउन राज्यले सहयोग गर्नुपर्ने बताए।

अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठुलो रेडियो नेटवर्क बन्न सकेको र समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिए।

सीआईएनको उपलब्धि र वार्षिक गतिविधि प्रस्तुत गर्दै सीआईएनका म्यानेजर दीपक आचार्यले भविष्यमा आइपर्ने सबैखाले चुनौतीको सामना गर्दै समुदायको सञ्चारको अधिकारका पक्षमा काम गर्ने बताए।

१५ औँ स्थापना दिवसको अवसरमा सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशिला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित भएका छन्। तीनै जनालाई कार्यक्रमका मुख्य अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले जनही नगद १५ हजार पुरस्कारसहित सम्मान गरिन्।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

२ घण्टा अगाडि
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक