बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिकी समस्या शिक्षामा आधारभूत मूल्यको अभाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-लोकनारायण सुबेदी
अहिलेसम्म बिश्व स्तरमा अमेरिकी बिद्यालयहरुलाई निकै नै उच्च गुणस्तरीय शिक्षाका केन्द्र मानिने गर्दछ । तर तिनका बारेमा यसका बिपरीत अन्य भिन्न दृष्टिकोण पनि रहेको पाइन्छ । यस परिस्थितिमा वास्तबिकतलाई हेर्न, बुझ्न र निष्कर्श निकाल्नका निम्ति अमेरिकाको प्रमुख स्वास्थ्य एजेन्सी ‘सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्सन’का सरकारी तथ्यांकहरुका आधारमा यूवा समुदायको जोखिम उठाउने ब्यवहार(यूथ रिस्क बिह्याभियर) सर्बेक्षण २०११– २०२१ को प्रतिबेदन उपलब्ध छ । किनकि यो सरकारी प्रतिबेदन हो र यसका तथ्यांकहरु नबीनतम हुन् । त्यसैले यसको जानकारीलाई प्रामाणिक र आधिकारिक पनि मानिन्छ ।
त्यस प्रतिबेदनमा अमेरिकाका हाई स्कूलका बिद्यार्थीहरुमाथि गरिएको सर्बेक्षणका तथ्यांकहरु प्रस्तुत गरिएका छन् । त्यो प्रतिबेदनले प्रष्ट के बताउँदछ भने २०११ मा २८ प्रतिशत अमेरिकी हाई स्कूलका बिद्यार्थी अधिक समयसम्म दुःख र आशाबिहीन स्थितिमा त्रस्त रहेका थिए जबकि २०२१ मा त यो प्रतिशत ४२ प्रतिशतसम्म पुगेको थियो । अझ छात्राहरुमा त यो स्थिति ५७ प्रतिशतसम्म पुगिसकेको थियो । २०२१ मा सबै बिद्यार्थीहरुमा २९ प्रतिशत ‘पुअर मेण्टल हेल्थ’ अर्थात कम गुणस्तरको अर्थात चिन्ताजनक मानसिक स्वास्थ्य स्थिति देखिएको थियो जबकि छात्राहरुमा भने यो स्थिति ४१ प्रतिशत रहेको पाइएको थियो । २०११ को सर्बेक्षणमा के पाइएको थियो भने १६ प्रतिशत अमेरिकी हाई स्कूल बिद्यार्थीहरु(नानी–बाबु दुबै मिलाउँदा) आत्म हत्याको प्रयासका बारेमा गम्भीरतापूर्ब सोचिरहेका थिए जबकि २०२१ मा यो प्रतिशत २२ सम्म पुगेको थियो । छात्राहरुमा त यो पनि ३० प्रतिशत सम्म पुगेको पाइएको थियो । अर्को किसिमले भनिदा २०२१ म लगभग एक तिहाई अमेरिकी हाई स्कूल बिद्यार्थीहरुले गम्भीरतापूर्बक आत्महत्या गर्ने बारेमा सोचेको देखिन्छ । २०११ म ८ प्रतिशत अमेरिकी हाई स्कूल बिद्यार्थीहरुले वास्तवमा आत्महत्याको प्रयास गरे । अनि २०२१मा आइपुग्दा यो प्रतिशत बढेर १० पुग्न गयो । यसरी २०२१ मा पुग्दा १० मध्ये एक अमेरिकी हाई स्कूल बिद्यार्थीले आत्म हत्याको प्रयास गरेको देखिन्छ । यो वास्तवमा अत्यन्तै आश्चर्यचकित पार्ने निकै गम्भीर तथ्यांक हो । त्यसमा अझ छात्राहरुसँग सम्बन्धि तथ्यांक हेर्दा त उनीहरुको प्रतिशत अझ बढी अर्थात १३ प्रतिशत पुगेको देखापर्दछ ।
यी तथ्यांकहरुबाट थाहा लाग्दछ कि अमेरिकी यूवा र खाशगरी हाई स्कूलस्तरका बिद्यार्थीहरुको जीवनको बाहिरी चकाचौंधका तुलनामा तिनको वास्तविक स्थिति बहुतै चिन्ताजनक छ र तिनको जीवन यसरी बहुतै गहिरो दुःख र अबशादले भरिएको छ । त्यति मात्र पनि होइन, छात्रारुमा त यो प्रबृत्ति अझ बढी छ । अझ यति मात्रै पनि होइन, अमेरिकाको शिर्षस्थ बाल स्वास्थ्य संस्थानहरुले के चेतावनी दिएका छन् भने बाल बच्चाको मानसिक स्वास्थ्यको दृष्टिले हेर्दा अमेरिकामा मानसिक आपतकालीन स्थिति अर्थात ‘मेण्टल हेल्थ इमर्जेन्सी’को स्थिति बिद्यमान छ । यस प्रकारका तथ्यांकहरु र चेतावनीहरुलाई ध्यानमा राख्दा निश्चय नै अमेरिकालाई बाहिरी आक्रामकता त्यागेर आफ्नो समाजका आन्तरिक दुःख दर्दहरु कम र ब्यवस्थापन गर्ने कुरामा ध्यान बढी दिनु पर्ने देखिन्छ । पूर्णरुपेण अमेरिकाको सरकारी स्तरको तथ्यांकमा आधारित सर्बेक्षण प्रतिबेदनबाट के पनि थाहा हुन आउँदछ भने बाहिरी चकाचौंधका पछाडि कति ठूलो दुःख दर्द लुकेको छ यस सन्दर्भमा बिकासशील देशहरुका यूवाहरुले यस्तो बाहिरी चकम दमकको भ्रमजालबाट बच्न कत्तिको आवश्यक छ त्यसमा सबैभन्दा बढी ध्यान दिइनु पर्दछ । यसका साथै के प्रश्न पनि सँगसँगै उठ्छ भने  आखिर राम्रो शिक्षाको सही पहिचान के हो ? केवल ठूल्ठूला भवनहरु खडा गर्नाले या धेरै सुबिधा जुटाइदिनाले मात्र बिद्यालयहरु राम्रा हुँदा रहेनछन् । राम्रा बिद्यालयहरु त तिनैलाई मानिने छ जहाँ आधारभूत जीवन मूल्यहरु जोडिएको शिक्षा प्राप्त हुन्छ ।
शिक्षाका बारेमा बिश्वमा निकै ठूल्ठूला बहसहरु नभएका होइनन्, हुँदै आएका छन् । तर यसो हुँदाहुँदै पनि यस्ता बिसंगतिहरु भरिएको स्थिति के बनिरहेको छ भने शिक्षाको सबैभन्दा महत्वपूर्ण उदेश्यमा बहुतै कम ध्यान दिइदै आएको छ । यो कुरा होइन कि त्यस प्रकारका उदेश्यहरुको महत्वलाई स्वीकार गरिएको छैन । बाहिरीरुपमा यी उदेश्यहरुको महत्वलाई कसैले पनि अस्वीकार गर्दैनन् तर यस्तो स्थिति बन्दछ या बनाइन्छ कि ती उदेश्यहरुको उपेक्षा गर्ने गरिन्छ र तिनलाई वास्तवमा उचित प्राथमिकता दिइदैन । अनि शिक्षाको पहिलो अत्यन्तै महत्वपूर्ण उदेश्य – ती आधारभूत मानबीय गुणहरुको पहिचान गर्नु हो । तिनलाई राम्रोसँग प्रतिष्ठित गर्नु हो र भावी नागरिकहरुमा ती मानबीय मूल्यहरुको सबल जग बसाल्नु हो ।
मानबीयताका मूल गुणहरुको पहिचानमा ब्यापक सहमति बन्न सक्तछ – कुनै पनि मानिससँग कुनै पनि प्रकारको भेदभाव नगर्नु, हरेक किसिमका संकीर्ण भेदभावबाट माथि उठेर सबै मानिसहरुलाई दिलैदेखि प्रेम र सम्मान गर्नु, जीवनका सबै रुपहरुप्रति करुणा भाव राख्नु, पर्यावरणप्रति रक्षाको भाव राख्नु, शान्ति,सुब्यवस्था र न्याय एबं समानताप्रति निष्ठा,इमानदारी, सेवा र सत्यता यी सबै गुण एकदमै महत्वपूर्ण छन् । यीमध्ये पनि पहिलो एउटा गुण नै अरु सबैभन्दा महत्वपूर्ण आधारभूतरुपमा प्राप्त भएमा अधिकांश झगडा फसाद अनि द्वेष र दुर्भावना हटेर जान्छन् । यदि शिक्षाबाट यी सबै आधारभूत गुण धेरैहदसम्म प्राप्त हुन सकेमा त आजको भन्दा धेरै राम्रो  बिश्व बन्ने कुरा निश्चित प्राय छ भन्ने ज्ञाता बिद्वानहरु औंल्याउँदछन् । जुन आज एकदमै ठूलो महत्वको कुरा हो र ठूलो सफलता पनि ठहरिन्छ । शिक्षाको यस उदेश्यको सर्बाधिक महत्व भएर पनि यस उदेश्यलाई एकदमै नराम्रासँग उपेक्षा गरिएको छ । कुनै बिरलै र दुर्लभ बिद्यालय मात्र यस्तो होला जसले यी उदेश्यहरुलाई उच्चतम प्राथमिकता दिएको होस् । कतिपय चर्चित बिद्यालय र त्यसका प्रबन्धकहरु यस्ता पनि होलान् जसमा यदि कसैले शिक्षाका यी उदेश्यहरु अपनाउन भन्यो  भने उसले मनैमन यसलाई हस्सीमा उडाउने पनि गर्दा होलान् । अनि हुनसक्क्छ कतिपयले त खुलेरै पनि त्यसो गर्लान् ।
बास्तवमा शिक्षाका यी महत्वपूर्ण तर उपेक्षित उदेश्यहरुलाई ब्यापक स्तरमा प्रतिष्ठित तुल्याउन आज शिक्षा सुधार सबैभन्दा महत्वपूर्ण कदम हो भन्ने कुरा प्रष्ट छ । यी कुरामा सर्बाधिक ध्यान दिनु अत्यावश्यक छ । यहाँ शिक्षा भन्नाले त्यसको अभिप्राय केवल स्कूल कलेजको औपचारिकरुपमा दिइने शिक्षा मात्र होइन । परिबार र समुदायबाट प्राप्त हुने शिक्षाको पनि सबैभन्दा महत्वपूर्ण उदेश्य यही नै हो । शिक्षाको दोश्रो सबैभन्दा ठूलो उदेश्य हो खुशियालीयुक्त परिबेशमा बाल बच्चाहरुलाई रचनात्मक शिक्षा दिनु र रचनात्मक क्षमताको अभिबृद्धि गराउनु । यस उदेश्यलाई पनि सबैले भन्दाखेरी त अस्वीकार गर्ने गर्दैनन् स्वीकार नै गर्ने गर्दछन् । यतिसम्म कि धेरैजसो बिद्यालयलहरुले त्यसै गर्दै गरेको दाबी पनि गर्ने गर्दछन् । उनीहरुले यसका लागि कयौं सुबिधाहरु पनि दिएका छन् । तर जुन यथार्थ बस्तुगत स्थिति छ उनीहरु तीब्र प्रतिस्पद्र्धा, बढीभन्दा बढी अंक प्राप्त गर्ने या बढीभन्दा बढी सुख सुबिधाले सुसज्जित सम्पन्न क्यारियर बनाउने, आदि कुरामा छ । अनि त यस्ता प्राथमिकता र प्रतिस्पद्र्धाले शिक्षाको आधारभूत उदेश्यनै पछि पर्न जान्छ । जब पहिलो स्थान प्राप्त गर्ने या धेरै अंक ल्याउने जस्ता प्राथमिकता हाबी हुन्छन् त्यतिबेला खुशियालीयुक्त परिबेशमा रचनात्मक क्षमताहरुलाई राम्रोभन्दा राम्रो किसिमले प्रस्फूटन हुने अवसर दिइनुपर्ने उदेश्य नै पछाडि पर्न जान्छन् या पूर्णरुपले उपेक्षित हुन पुग्दछन् । यसकारण गम्भीर आवश्यकता आज के छ भने शिक्षाको सबैभन्दा महत्वपूर्ण उदेश्यलाई पहिचान गरेर तिनलाई सही भावनाकासाथ उच्चतम प्राथमिकता दिइनु पर्दछ । त्यसो गरियो उन गर्न सकियो भने मात्र शिक्षमा सर्बाधिक आवश्यक  सार्थक सुधार आउन सक्छ । अनि बिद्यार्थी कालदेखिनै मानसिक र शारिरीक स्वास्थ्य पनि सही र सबल रहन्छ । उच्च बिकसित अमेरिकाको बिग्रदो र भड्किएको  बिद्यार्थीको स्थिति र खस्कदो शैक्षिक स्थितिले सबैलाई यही शिक्षा दिन्छ ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

१० घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक