शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले भ्रष्टाचारीलाई कानुनी कारबाही नगरे सडकबाट आन्दोलन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकारले भ्रष्टाचारीलाई कानुनी कारबाही नगरे सडकबाट आन्दोलन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले भ्रष्टाचारी र अपराधीलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताउनुभएको हो।

प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताउनुभयो। उहाँले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गर्नुभयो। ट्रेड युनियनकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो। उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्री वितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। सांसद शाहीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु।

यो ट्रेड युनियन भन्ने छ नि। यसलाई खारेज गरिदिनुस्। यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ। लगानीकर्ताको लगानी सुरक्षित गर्ने ग्यारेन्टी गरिदिनुस्। प्राकृतिक स्रोतको प्रयोग गर्नुस्। जस्तो रुख एउटा काट्यो भने दुइटा लगाउने व्यवस्था गर्नुस्। जडीबुटी किसानलाई उत्पादन गर्न दिनुस्। अनि, विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाहिँ घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन। लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्ने, विदेशी मदिरा रोक्ने कानुन बनाउनुस्।

तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ। यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेमजस्तो नबनाऔँ। भ्रष्टाचारी, अपराधलाई कानुनी कारबाही गरौँ। यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौँ। यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ। सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’’ प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जडीबुटीको उत्पादन तथा बिक्री वितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१३ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक