काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य बढोत्तरी मात्रै देखिएको हो । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुईदिन यता शेयरबजारमा रौनकता छाएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचकको ४।६९ प्रतिशत र होटल तथा पर्यटन उपसूचकको ४।४७ प्रतिशतले बढेको छ ।