बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

प्रधानमंत्री प्रचण्डलाई वामदेव गौतमको सुझाव !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमंत्री प्रचण्डलाई वामदेव गौतमको सुझाव !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एबम् राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सरकारबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ । राष्ट्रिय सभामा समय लिएरै उहाँले धारणा राख्नु भएको हो । प्रस्तुत छ गौतमले सोमबार प्रस्तुत गर्नु भएको मन्तब्यको सम्पादित अंश :
सम्माननीय अध्यक्ष ज्यू,
राष्ट्रिय सभा
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा आफ्ना विचार राख्न म यहाँ उपस्थित भएको छु । सरकारले प्रस्तुत गरेको आ.व २०८०÷८१ को नीति तथा कार्यक्रम अधिकांश औचित्यपूर्ण र देश विकासका निम्ति सामयीक रहेका छन् । प्रतिनिधि सभाको निर्वाचन पछि बन्ने पहिलो सरकारले पाँच वर्षभित्र सम्पन्न गर्न सक्ने गरी नीति कार्यक्रम प्रस्तुत गर्ने संसदीय व्यवस्था अवलम्बन गरेका संसारका सबै राज्यहरुमा प्रचलन रहेको हुन्छ । संयुक्त सरकार निर्माण गर्ने अवस्थामा पनि यो प्रचलन खण्डित हुँदैन । प्रतिनिधि सभाको अवधि हाम्रो संविधान बमोजिम ५ वर्ष रहेको अवस्थामा जुनसुकै सरकारले पाँचै वर्ष मार्गदर्शन हुनेगरी वार्षिक कार्यक्रम अगाडि सार्नु स्वाभाविक हुन्छ । अहिले प्रस्तुत भएको नीति तथा कार्यक्रममा एक वर्षभित्र सम्पन्न हुने र पाँचै वर्षसम्म लैजान सकिने नीति र योजना सहितका कार्यक्रमहरु अगाडि सारिएका छन् । यस्तो अवस्थालाई आश्चर्य मान्नु पर्ने कारण छैन । संवैधानिक रुपमा नीति कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुन्छ । नीति कार्यक्रमसंग सहमत हुन नसक्ने राजनीतिक पार्टीहरुले प्रस्तुत नीति कार्यक्रम समर्थन गर्ने र विरोध गर्ने अधिकार राख्दछन् । तर संविधानसम्मत प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को नीति कार्यक्रम ल्याउने माग संविधान सम्मत हुन सक्दैन । मैले कतिपय विषयमा असहमति राखे पनि समग्रमा यो नीति कार्यक्रमलाई समर्थन गरेको छु ।
आज र आजभन्दा अगाडिका कुनै पनि सरकारले कृषि उत्पादन क्षेत्रको आमूल परिवर्तन गरी अगाडि सारिने व्यवसायीकरणबाट नेपालको सम्पूर्ण विकासको सम्भावनालाई स्वीकार्न सकके ो देखिएको छैन । जबसम्म यो सम्भावनालाई स्वीकार्न सकिने छैन तबसम्म नेपालको विकास सम्भव हुनेछैन । संसारका सबै राज्यहरुको विकासको मूल आधार नेपालकै जस्तो नहुन सक्छ तर नेपालमा विकासको मूल आधार कृषि क्षत्रे नै हो । नेपालको इतिहासमा पञ्चवर्षीय योजना सहितको अवधारणा भएको नीति कार्यक्रम सबभन्दा पहिले २०१५ सालमा तत्कालीन प्रधानमन्त्री वि.पी.कोइरालाले प्रस्तुत गर्नु भएको थियो । त्यो सरकारलाई अपदस्त गर्दै निरंकुश शासन शुरु गरेका राजा महेन्द्रले विकासको यो अवधारणालाई एक हदसम्म स्वीकार गरेको देखिन्छ । तर त्यो निरंकुश र अत्याचारी शासन भएको हुनाले जनताको समर्थन रहेन । त्यस्तो हुनु स्वाभाविक थियो ।
कृषि अर्थतन्त्रलाई राष्ट्रको विकासमा महत्वपूर्ण पक्ष मानेको कालदेखि आजसम्म मानिदै आएको छ । तर कृषि उत्पादनको आमूल परिवर्तन गर्ने आवश्यकता त्यसवेलादेखि आजसम्म पनि गर्न सकिएको छैन । यस पटक प्रस्तुत नीति कार्यक्रममा कृषि विकासका निम्ति भनेर अनेकौं कार्यक्रमहरु अगाडि सारिएको छ तर मूल पक्ष गायब छ ।

पहिलो संसदीय अभ्यासका वेला नेपालमा कृषि अर्थतन्त्रको योगदान राष्ट्रिय अर्थतन्त्रमा ९५ प्रतिशत भन्दा बढि थियो । आज पनि राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत भन्दा धेरै अथवा विप्रेषण पछि अर्थतन्त्रका अन्य पक्षहरुको भन्दा बढि नै छ । उत्पादनका अनेकौं क्षेत्रहरु विकसित भएका छन् तर कृषि नै प्रमुख स्थानमा छ । जबसम्म औद्योगिक क्षेत्रको अर्थतन्त्र प्रमुख स्थानमा हुँदैन तबसम्म देश विकसित भएको मान्न सकिन्न । कृषि नै अर्थतन्त्रको एउटा ठूलो हिस्सा निर्वाहमुखी उत्पादनमा आधारित छ । यसलाई व्यवसायीकरण मात्र गर्न सकियो भने कृषि उत्पादनको सम्पूर्ण क्षेत्र औद्योगीकरण हुनेछ र औद्योगीक क्षेत्रको अर्थतन्त्र प्रमुख स्थानमा पुग्नेछ ।

नेपाल अहिले तीन तहको संघीय संरचनामा गएको छ । यस्तो अवस्थामा कृषि क्षेत्र उत्पादनको व्यवसायीकरण र औद्योगीकरणको सम्पूर्ण जिम्मा त्यही स्थानीय तहलाई विना हिचकिचाहट प्रदान गर्न आवश्यक छ । त्यसका निम्ति कृषि उत्पादनको क्षेत्रलाई चक्लाबन्दी गर्ने, विकसित विउविजन, मल प्रयोग गर्ने साथै अत्याधुनिक प्रविधि र साधन प्रयोगको सुनिश्चित गर्न सक्नुपर्छ । जहिलेसम्म यसो गर्न सकिने छैन तबसम्म मेरो विचारमा नेपाल पछाडि परिरहने छ । ७५३ पालिकाहरुमा कृषि उत्पादनको क्षेत्रमा एकै पटक व्यवसायीकरण र औद्योगीकरण गर्न आर्थिक अवस्थाका कारण सम्भव छैन । तर कृषि उत्पादनको क्षेत्रलाई पाँच भागमा बाँडेर र हरेक प्रदेश तथा जिल्लामा पर्नेगरी ५ वर्षमा कृषि उत्पादनको क्षेत्रलाई व्यवसायीकरण र औद्योगीकरण गर्न सकिन्छ । यसका निम्ति सरकारले २ प्रतिशत व्याजदरमा नेपालका राष्ट्रिय स्तरका बैंकहरुलमई प्रति वर्ष रु ४ खर्ब लगानी गर्न लगाउन सक्नुपर्छ । यसका साथै कृषिसंग सम्बन्धित जति पक्षहरु छन् तिनलाई पनि यसैगरी कार्यान्वयनमा लैजानु आवश्यक छ ।यस्तो हुन सक्यो भने पहिलोवर्षमै १५१ पालिका कृषि उत्पादनमा आत्मनिर्भर हुनेछन् । हरेक पाँच वर्षमा कृषि उत्पादन दोब्बर भन्दा बढि हुँदै जानेछ । नेपाली जनतालाई पर्याप्त पुग्नुका साथै नेपालको जनसंख्याको दुइगुणा बढि उत्पादन निर्यात गर्न सकिनेछ । त्यसवेला उत्पादनका सबै क्षेत्रहरु औद्योगीकरण हुनेछन् र यसको प्रभाव मानिसको जीवन पद्धति, शिक्षा स्वास्थ्य सांस्कृतिक क्षेत्रमा अहिले परिकल्पना गर्न नसकिने उपलब्धी हासिल हुनेछ । हरेक पालिका केन्द्र व्यवस्थित र सम्पन्न बजारीकरण हुनेछन् । पर्यटन क्षेत्र व्यापक रुपमा फैलिएर जानेछ । नेपाल आगामी १० वर्षभित्र विकसित देशको दाँजोमा पुग्नेछ ।
केही दिन पहिले मात्र मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई आफुले विकास गरेको कृषि अर्थतन्त्रको व्यवसायीकरण र औद्योगीकरण सम्बन्धि अवधारणागत योजना सहितको लिखित दस्तावेज सुझावको रुपमा प्रदान गरेको छु । यसै सम्बन्धमा मैले नीति कार्यक्रममा संशोधन राख्ने विचार गरेको थिएँ , तर समयमै दर्ता गर्न नसकेको भनेर मेरो संशोधनलाई अस्विकार गरियो, धन्यवाद ! ८ जेठ, २०८०, वामदेव गौतम, सदस्य, राष्ट्रिय सभा ।

यो पनि पढ्नुहोस्

भारतसँग कुनै सम्झौता नगरी फर्किन प्रधानमंत्रीलाई वामदेव गौतमको सुझाव

भारतसँग कुनै सम्झौता नगरी फर्किन प्रधानमंत्रीलाई वामदेव गौतमको सुझाव

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक