बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न ‘प्याकेज’ ल्याइने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न ‘प्याकेज’ ल्याइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भरतपुर । चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् ।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवर्द्धनमा होटल व्यवसायीले सघाउने बताउनुभयो । “चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

उहाँले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको जनाउँदै यसलाई जोगाउन सबैको दायित्व भएको बताउनुभयो ।  गत वैशाख १ गतेदेखि अनौपचारिकरूपमा उडान सुरु भए पनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको थियो ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो”, उहाँले भन्नुभयो ।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङ प्रवर्द्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।”

शुभारम्भको अवसरमा करिब ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु छ हजार शुल्क तोकिएको छ । चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कम्पनी लागिपरेको भन्दै छिट्टै बम्जीजम्प, होटल, हिल स्टेसनको रूपमा विकास गर्नु छ । छलफल कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटन विज्ञ डा विश्व सुवेदीले चितवनको पर्यटन प्रवर्द्धनमा प्याराग्लाइडिङले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन विज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरिसकेकाले प्याराग्लाइडिङको प्रवर्द्धनलाई समेत जोड दिइने बताउनुभयो । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी, हात्ती सफारी, डुङ्गा शेयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।  रासस

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१० घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक