बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
काभ्रेबाट  उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रे । सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले भोलि बुधबार धुलिखेल अस्पतालमा विश्व रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम हलमा गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा सङ्गठनले नमूनाका लागि देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार डब्लुएचओको अग्रसरतामा थालिने अभियान सम्बन्धीत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ ।

“डब्लुएचओले यहाँबाट अभियान सुरु गर्नेछ, यसलाई निरन्तरता दिने जिम्मेवारी सबै जिल्लाका स्थानीय तहको हुनेछ”, उनले भने । बैठकमा डब्लुएचओको नेपाल प्रतिनिधि डा रइस पोखरेल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि सहभागी छन् ।

यसैबीच स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले काभ्रेको कुल जनसङ्ख्याको ३० हजार बढी नागरिकमा ‘हाइपर टेन्सन’ समस्या रहेको जानकारी दिए। उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् । वार्षिक २० प्रतिशतमात्रै समाधान गर्दै जान सकिए अभियान उपलब्धिमूलक बन्ने सेढाईँको भनाइ छ ।

निर्देशक श्रेष्ठका अनुसार काभ्रेमा उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको छ । “अवस्था हेरी तीनथरिका औषधि निःशुल्क वितरण हुने छ, औषधि वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ”, श्रेष्ठले भने।

जिल्लामा तेमाल गाउँपालिकाले उच्च रक्तचापको ‘स्क्रिनिङ’ गरिसकेको छ भने नमोबुद्ध नगरले उच्च रक्तचापका बिरामीलाई हाल निःशुल्क औषधि वितरण गर्दै आइरहेको छ । बुधबार अभियानको सुरुआत भएसँगै जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन हुनेछन् । रासस

यो पनि पढ्नुहोस्

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

१३ घण्टा अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक