चारनम्वर । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षणमा हरेक बर्गले स्वतस्फूर्त सुभेच्छा बढाउदै जाँदा सोमवार कपिलवस्तुमा पनि केन्द्रिय सदस्य कमल सुबेदिले अगुवा नेता तथा कार्यकर्तालाई संक्षिप्त प्रशिक्षण दिनु भएको छ।
कपिलवस्तुको बाणगङ्गा नगरकार्य समितिको कार्यालय जितपुरमा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, प्रदेश प्रवक्ता कमल पोख्रेल ,प्रदेस सद्स्य तथा र्यापिट एक्सन टिम संयोजक बिनय घिमिरे ,प्रदेस सदस्य रोम बराल, जिल्ला सभापति शिव कुमार सुवेदी, उपसभापति गिता शर्माको उपस्थितिमा नगर तथा गठित वडाका सभापति तथा सल्लाहकार एबम कृयाशिल सदस्यता लिएका अगुवा कार्यकर्ताहरुलाइ प्रसिक्षण दिएको नगर सभापति बुद्धिसागर बेल्बासेले जानकारी गराउनु भयो ।
यता आज बाणगङ्गाको वार्ड नम्बर ५ को समिति गठन र वडा कार्यालयको उद्द्घाटन हुने भएकोले ५ नम्बर वडा बासी सबैलाइ उपस्थित हुन आग्रह समेत बेल्बासेले गर्नु भयो। कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सभापति सहितको टोलिलाइ जिल्ला सभापति शिबकुमार सुवेदी र नगर सभापति बेल्बासेले पुस्पगुच्छा सहित नगर समितिको कार्यालय मा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा पार्टीका हरेक गतिविधि र भावी लक्ष्यका बिसयमा धेरै कार्यकर्ताहरुले जिज्ञासा राखेका थिए।