काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गर्दै चौधरी जेलमुक्त नहुने फैसला गरेको हो।
जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
उक्त पुनरावेदनमाथि फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन नपर्ने फैसला गरेको हो। सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन्।