बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आयाे खल्ती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आयाे खल्ती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ।

दुई महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर N160 बाइक, ५ जनाले जित्न सकिने अफर ल्याएको छ। यस लगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरबड, कुपनहरू मिलाइ करोडौँको अफर ल्याएको छ।

दुई महिने अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ। यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरि चार राउण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर N160 को लक्की ड्रको लागि योग्य हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक बिजेता घोषणा हुनेछ। चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर N160 जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर N160 जित्ने पाँच मौकाहरू छन्।

यस बाहेक खल्तीले वर्ल्डलिंकको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरूलाई दुईवटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ। तसर्थ, यी सेवाहरूको भुक्तानी गर्ने कोहि दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन्। त्यसैगरि अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ जहाँ कोहि एक भाग्यशाली प्रयोगकर्तालाई वानप्लस ११ जित्ने मौका रहेको छ। यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्यान्ड पनि जित्न सक्नेछन् ।

यी अफरहरू बाहेक, खल्ती एप भित्र जात्रा दुईवटा विशेष फिचर पनि देख्न सकिनेछ जसमा प्रयोगकर्ताहरूले जित्ने मौकाहरू निश्चित छन्। प्रयोगकर्ताहरूले बिना कुनै भुक्तानी गरि दैनिक रूपमा ‘खुत्रुके’ फुटाउन सक्नेछन् जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश गरिएको छ।

साथै, अर्को विशेषता भनेको डिजिटल स्क्र्याच कार्ड हो जुन नेपालमै पहिलो पटक पटक कुनै डिजिटल वालेटमा ल्याइएको फिचर हो। प्रयोगकर्ताहरूको लागि १ करोड भन्दा बढी स्क्र्याच कार्डहरू छन् जहाँ रु. १०० भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरहरू सहित प्राप्त गर्न सक्नेछन्।

यस अफरका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने,”सन् २०७९ मा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को अपार सफलता पछि यसपाली करोडौँको अफर सुरु गर्न पाउँदा हामी उत्साहित छौं। हामी विश्वास गर्छौं कि यस अफरले प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्नेछ। यसबाहेक, खुत्रुके र स्क्र्याच कार्ड जस्ता हाम्रा सुविधाहरू भएकाले यो जात्रामा कुनै पनि प्रयोगकर्ता खाली हात रहनेछैन। यस अफरलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्नुहुने सबै साझेदारहरूहरूप्रति पनि हामी आभारी छौं।”

साथै, प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने प्रक्रियामा यस वर्ष खल्तीले आफ्नो एप भित्र एउटा जात्रा पेज निर्माण गरेको छ जहाँ प्रयोगकर्ताहरूले यो अफर भित्र आफ्नो भुक्तानी यात्रा अनुभव गर्न सक्नेछन्। एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ। यस अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन सक्नेछन्।

‘दबिगेस्टपेमेन्टजात्रा’ को शुभारम्भको अवसरमा माननीय अर्थमन्त्री, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, नेपाल बीमाकर्ता संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले यस महाअभियानको सफल समापनका लागि शुभकामना व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

१३ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक